आफ्नै समुहको सहयोग नहुदाँ महामन्त्रीमा पराजित भए : प्रकाशशरण

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले आफ्नै टिमबाट भएको असहयोगका कारण महामन्त्री पदमा हार ब्यहोर्नुपरेको बताएका छन्।
१४ औं महाधिवेशनका महामन्त्रीका उम्मेद्वार डा. महतले शुक्रबार अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा पत्रकार सम्मेलन गरी नतिजा अपेक्षाअनुसार नआए पनि त्यसलाई स्वीकार गर्ने बताए।
‘बाधा ब्यवधानका बावजुद जुन मत पाएँ त्यो मलाई माया गर्नेहरुको मत हो। यसले मलाई उर्जा थपेको छ’ उनले भने, ‘टिमको आधारमा मतदान भए पनि इन्ट्याक्ट (एकजुट भएर) देखिएन। मैले सहयोग पाइन। कमी कमजोरी मबाटै रहेको होला। अरुलाई दोषारोपण गर्नुको कुनै अर्थ छैन।’
नेता महतले महामन्त्री तहमा मात्रै प्यानल बाहिर मत आएकोबारे पार्टीले मूल्यांकन गर्ने विश्वास व्यक्त गरेका छन्। उनले भने,‘ आफ्ना कमजोरी सुधारन अप्ठ्यारो मार्नुहुदैन् ।’
महाधिवेशनमा अधिकांश पदमा शेरबहादुर देउवा प्यानलका उम्मेदवार विजयी भए पनि महामन्त्रीमा भने संस्थापन बाहिरका गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका थिए।
‘अनेपेक्षित परिणामप्रति चासो र चिन्ता छ। काममा विश्वासमा गर्ने मान्छे हुँ। सुख दुःख भोगेको मान्छे हुँ। पद प्राप्तिका लागि उछल कुद गर्ने, नपाए सिरक ओढेर सुत्ने मान्छे होइन। झनै सकृय हुन्छु’ उनले भने । उनले पद नपाए पनि काम गर्ने प्रतिवद्धता जनाएका छन्। साथै, घात भए नभएको अनुसन्धान गर्न कार्यकर्तासँग आग्रह पनि गरे।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया