देउवा सरकारलाई मिडियाले समेत मानेको छैन : सचिव भट्ट

कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव एवम् पार्टीका सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले परमादेशबाट आएको सरकारलाई मिडियाले पनि नमानेको बताएका छन् । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार धनगढीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारप्रति मिडियाले आलोचनासमेत नगरेको बताए ।
‘हाम्रो सरकार जनादेशबाट आएको सरकार थियो त्यही भएर मिडियाले हामीमाथि अलिकति प्रहार गरि रहेको थियो,’ उनले भने, ‘मिडियाले त्यहाँ भएन, यहाँ भएन भनेर भन्दा हामीले त्यसलाई सचेत पारेको बुझिरहेका थियौँ ।’ अहिले मिडियाले सरकारको बारेमा लेखेन भनेर चिन्ता गर्न नपर्ने उनले बताए ।
यस्तै, सचिव भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेको संगठनलाई कसरी मजबुद एकताबद्ध बनाउने भनेर सबैले लाग्न आवश्यक रहेको बताए ।अहिले एमालेलाई जनताले कसरी बुझिरहेका भनेर पनि मिडियाले सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको उनको भनाई छ ।
यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले केपी शर्मा ओलीको कोटको खोल्तीबाट कोही पनि मान्छे यहाँ केन्दीय कमिटी, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी नभएको बताए । अहिले ओलीको कोटको खोल्तीबाट कमिटी बनाएको भनेर गरिएको प्रचारप्रसार साँचो नरहेको उनले बताए ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया