देउवा सरकारलाई मिडियाले समेत मानेको छैन : सचिव भट्ट

कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव एवम् पार्टीका सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले परमादेशबाट आएको सरकारलाई मिडियाले पनि नमानेको बताएका छन् । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार धनगढीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारप्रति मिडियाले आलोचनासमेत नगरेको बताए ।
‘हाम्रो सरकार जनादेशबाट आएको सरकार थियो त्यही भएर मिडियाले हामीमाथि अलिकति प्रहार गरि रहेको थियो,’ उनले भने, ‘मिडियाले त्यहाँ भएन, यहाँ भएन भनेर भन्दा हामीले त्यसलाई सचेत पारेको बुझिरहेका थियौँ ।’ अहिले मिडियाले सरकारको बारेमा लेखेन भनेर चिन्ता गर्न नपर्ने उनले बताए ।
यस्तै, सचिव भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेको संगठनलाई कसरी मजबुद एकताबद्ध बनाउने भनेर सबैले लाग्न आवश्यक रहेको बताए ।अहिले एमालेलाई जनताले कसरी बुझिरहेका भनेर पनि मिडियाले सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको उनको भनाई छ ।
यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले केपी शर्मा ओलीको कोटको खोल्तीबाट कोही पनि मान्छे यहाँ केन्दीय कमिटी, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी नभएको बताए । अहिले ओलीको कोटको खोल्तीबाट कमिटी बनाएको भनेर गरिएको प्रचारप्रसार साँचो नरहेको उनले बताए ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया