न्याय माग्दै संयुक्त आन्दोलन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कैलाली । कैलालीको जानकी गाउँपालिका ९ का अर्जुन दास र लम्कीचुहा नगरपालिकाका भूपेन्द्र बडुवालको हत्याको विरोधमा स्थानीयले शुक्रबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
लम्कीचुहा १ का २३ वर्षीय बडुवालको गत कार्तिक २३ गते टीकापुरमा चक्कु प्रहार गरी हत्या गरिएको थियो । यस्तै, दासको गत पुस २ गते जिल्लाको जानकी नगरपालिकाको अवरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
लम्कीचुहा नगरपालिका र जानकी नगरपालिकासँगै जोडिएका स्थानीय तहका हुन् । दासको हत्या भएको एक हप्ता पुग्दासम्म घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको न्यायका लागि गठित संघर्ष समितिका संयोजक ललित परियारले बताए । उनले हत्यारालाई पक्राउ नगर्दासम्म आन्दोलन जारी रहने बताए ।
भूपेन्द्र हत्या आरोपमा फरार रहेका थप ९ जनालाई व्यक्तिलाई पक्राउ गर्नु पर्ने र पक्राउ परेका अभियुक्तलाई छोड्न नमिल्ने भन्दै आफन्त आन्दोलनमा छन् । योपटक दुवै पीडित पक्षहरूले संयुक्त रुपमा राजमार्ग अवरुद्ध गरेका हुन् ।

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
प्रतिक्रिया