वैशाख १४ मा स्थानीय तह निर्वाचन गर्न आयोगको प्रस्ताव
एकै दिन संभव नभए पहिलो चरणको वैशाख १४ र दोस्रो चरणको वैशाख २२ गते गर्न सकिने आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आगामी वैशाख १४ गतेको मिति सरकारसमक्ष प्रस्ताव गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया लगायत निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री तथा मन्त्रीहरु वीचको छलफलमा आयोगले बैशाख १४ को निर्वाचन मिति प्रस्ताव गरेको हो ।
पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको बैशाख २२ गते निर्वाचन गर्न सकिने गरी आयोगले सरकारलाई प्रस्ताव गरेको हो ।
स्थानीय तहका पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै छ । स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधि सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।
प्रधानमन्त्री तथा मन्त्रीहरुसँग गरेको छलफल पछि निर्वाचन आयोगले जारी गरेको विज्ञेप्ती मा पहिलो चरणमा सम्भव नभए दुई चरणमा निर्वाचनको मिति प्रस्ताव गरिएको उल्लेख छ ।
सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ गते बुधबारका दिन निर्वाचनको मिति तोक्न उपयुक्त हुने र यदि कुनै कारण एकै दिन निर्वाचन गर्न संभव नभएमा पहिलो चरणको वैशाख १४ गते बुधबार र दोस्रो चरणको वैशाख २२ गते बिहीबार गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभएको थियो,ु आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रतिक्रिया