बुधबार, पुष २, २०८२

माओवादीको सम्मेलनमा १६३१ प्रतिनिधी सहभागी हुने, १४८ जना प्रचण्डले छान्ने

मेरोन्यूज २०७८ पुष ९ गते १९:१०


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्टिय सम्मेलनमा १ हजार ६ सय ३१ जना प्रतिनिधी सहभागी हुने भएका छन् । शुक्रवार दोस्रो चरणमा बसेको बैठकले प्रतिनिधी सहभागी हुनेको संख्या टुग्गो लगाएको हो । माओवादीको राष्टिय सम्मेलन आइतबारवाट काठमाडौंमा शुरु हुँदैछ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा केन्द्रीय समिति, सल्लाहकार समिति, जेष्ठ कम्युनिष्ट मञ्च, विभाग र प्रदेश सवैवाट गरी १४ सय ८३ जना प्रतिनिधी सहभागी हुने प्रवक्ता कृष्णवहादुर महराले जानकारी दिए । उनका अनुसार थप १० प्रतिशत अध्यक्ष प्रचण्डले चयन गर्नेछन् । कुल प्रतिनिधीको १० प्रतिशत मनोनित अध्यक्ष प्रचण्डले गर्ने र त्यो संख्या भनेको १४८ जना हुने महराले बताए ।

पार्टी एकताको क्रममा आएका र छुटेका लाई समेटेर अध्इक्षले प्रतिनिधी १४८ जना छान्नेछन् । सम्मेलन अगाडी स्थायी कमिटिको बैठक निरन्तर जारी रहने पनि प्रवक्ता महराले वताए । विहानको स्थायी समितिमा प्रचण्डले आफनो दस्तावेज वाचन गरेर सुनाएका थिए ।

प्रतिक्रिया