मंगलबार, पुष १, २०८२

माओवादीमा १५ पदाधिकारीको प्रस्ताव

वरिष्ठ सहित ७ उपाध्यक्ष, एक उपमहासचिव, ३ सचिवको प्रस्ताव

रामकृष्ण अधिकारी २०७८ पुष ९ गते १९:५०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा १५ जना सम्मको पदाधिकारी बनाउने प्रस्ताव आएको छ । शुक्रवार दोस्रो पटक बसेको पार्टी स्थायी समितिको बैठकमा विधान संसोधन गर्न गठन गरिएको कार्यदलका तर्फबाट १५ जना सम्मको पदाधिकारी सहितको प्रस्ताव पेश भएको हो ।

यधपी यस वारेमा माओवादीको स्थायी समितिले कुनै निर्णय लिएको छैन । एक स्थायी समिति सदस्यका अनुसार, एक अध्यक्ष, वरिष्ठसहित सातजना उपाध्यक्ष, एक महासचिव, एक जना उपमहासचिव, तीनजना सचिव र एक जना कोषाध्यक्ष रहने गरी प्रस्ताव गरिएको छ ।

माओवादी केन्द्रको विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहने गरी वहुपदको ब्यवस्था गरिएपनि उपाध्यक्ष हरु कति हुने भन्ने कुनै संख्या तोकिएको थिएन ।

१५ जनाको पदाधिकारी बनाउने गरी संख्या भने स्थायी कमिटिले पारित नै गरिसकेको छ । तर पदाधिकारीमा कुन पदमा कति संख्या भन्ने विषयमा भने अझै छलफल वाँकी नै रहेको छ । अव बस्ने स्थायी कमिटि बैठकमा त्यसवारेमा निर्णय लिने स्थायी समितिका अर्का एक सदस्यले मेरोन्यूजलाई बताए ।


स्थायी समितिले पारित गरेमा केन्द्रीय कमिटि बैठकमा समेत पारित गरेर राष्टिय सम्मेलनमा प्रस्ताव लैजाने तयारीमा माओवादी छ । पुस ११ देखि १३ गते सम्म राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ । माओवादी केन्द्रमा अहिले स्थायी समितिमा रहेका नेताहरु सवैको पदाधिकारीमा ब्यवस्थापन गर्ने गरी यो प्रस्ताव आएको बताईएको छ ।

पदाधिकारीमा स्थायी कमिटिका सवै समेटिने प्रस्ताव !


माओवादी केन्द्रमा अहिले स्थायी कमिटिमा अध्यक्ष प्रचण्ड सहित १५ नेता छन् । निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोगका अध्यक्षहरु पदेन हुन्छन् । उनीहरु वाहेकको संख्या हो अहिले स्थायी कमिटिमा १५ जना ।

अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णवहादुर महरा सहित स्थायी कमिटिमा गणेश साह, गिरिराजमणी पोखरेल, चक्रपाणी खनाल, जनार्दन शमा, देवप्रसाद गुरुङ , देवेन्द्र पौडेल पम्फा भुसाल बर्षमान पुन मातृकाप्रसाद यादव लिलामणी पोखरेल शक्तिबहादुर बस्नेत र हरिबोल प्रसाद गजुरेल छन् । यो संख्या १५ नै छ ।

एमालेसँग एकताका क्रममा स्थायी कमिटिमा रहेका नेताहरुलाई नै राखेर माओवादीले स्थायी कमिटि कायम राखेको हो । त्यसवेला एकताका क्रममा १९ जना माओवादीका तर्फबाट नेकपाको स्थायी कमिटिमा थिए । जसमध्ये रामवहादुर थापा (बादल), टोपवहादुर रायमाझी, लेखराज भटट र मणि थापा एमालेमै रहे । त्यसपछि १५ जना वाँकी थिए ।

अहिले माओवादीको प्रस्तावित विधानको संसोधन प्रस्तावमा १५ जना पदाधिकारी रहने गरी प्रस्ताव आएको हो । अहिले स्थायी समिति सदस्यहरुलाई पदाधिकारीमा ब्यवस्थापन गर्ने गरी कार्यदलले प्रस्ताव ल्याएको देखिन्छ ।

तर त्यसो गर्दा नेकपा गठन हुँदा स्थायी कमिटि भन्दा वाहिर रहेका नेताहरु हितमान शाक्य र हितराज पाण्डेको ब्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न पनि छ । उनीहरु पनि अहिलेका स्थायी कमिटि सदस्य सरहकै नेता हुन् । अहिलेका स्थायी कमिटि सदस्यले पदाधिकारी दावी गरिरहदा उनीहरुको दावी पनि स्वत पदाधिकारीमा हुने देखिन्छ ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया