पहाडै–पहाडको मुलुकमा भ्यू टावर बनाउने हावादारी कुरा सच्याऔँ : बाबुराम भट्टराई

काठमाडौँ । सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेताहरुले पहाडैपहाड भएको मुलुकलाई भ्यू टावर बनाउने हावादारी कुरा गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्न इञ्जिनियरहरुलाई आग्रह गरेका छन् ।
उनले दक्षिण एशियाली मुलुकहरु प्राविधिकको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढनु पर्ने बताएका थिए ।
यस्तै पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले लाखौँ नागरिकलाई नागरिकता दिनबाट बञ्चित गरेको बताएका छन् । उनले तराई÷मधेसका लाखौँ नेपाली नागरिकलाई सरकारले नागरिकता नदिने र मतदान गर्ने अधिकारबाट बञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
नेपाल इञ्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नागरिकतासम्बन्धि ऐन अझै बन्न नसकेको स्मरण गराए । उनले संघीयताको कार्यान्वयनसमेत इमान्दार ढंगले नभएको बताएका थिए ।
‘संविधान घोषणा भएको यत्रो वर्ष भइसक्दा पनि अझै संघीयता कार्यान्वयनको प्रयास गरिएको छैन, संविधानमा यसो पल्टाउँदा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, तर संघीयताको कार्यान्वयन गर्न अहिलेसम्म संघीय निजामती ऐनसमेत बनाउन सकेका छैनौँ,’ उनले भने, ‘नेपालमा आमा जन्मसिद्ध नागरिक, पिता पनि जन्मसिद्ध नागरिक तर तीनका सन्तानलाई अझैसम्म नागरिकता दिइएको छैन, लाखौँलाख नागरिकहरू नागरिकताबाट सरकारले नै बञ्चित गरेको छ, मतदान गर्न दिएको छैन ।’ अध्यक्ष यादवले संघीयता कार्यान्वयनका लागि अझै संघीय निजामती ऐनसमेत आउन नसकेको गुनासो गरे ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया