कांग्रेस प्रदेश २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर
काठमाडौँ । नेपाली कांग्रेस प्रदेश २ को आज बिहान सम्पन्न मत परिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पति कृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनहरुको निकटम प्रतिद्वन्द्वी नरेश यादवले ७७५ र हरेशप्रसाद महतोले ७०३ मत ल्याएका छन् । सहमहामन्त्रीमा जयनारायण यादव ८७९ र परशुराम चौधरीले ८२२ मत ल्याएर निर्वाचित भएका छन् भने उनहरुको निकटम प्रतिस्पर्धी विनोद कुमार यादव ६९१ र नारायण चौधरीले ६०१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सहमहामन्त्री महिलातर्फ बिन्दु कुमारी यादव ८८९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भिमादवी शर्माले ५३२ मत प्राप्त गरेका छन् । यसअघि हिजो नै नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भइसकेका छन् । यादव ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका हुन् भने निकटम प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका थिए ।
प्रदेश समितिका सदस्य पदको मतगणना भइरहेको निर्वाचित समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । जम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कूल एक हजार ९५१ मतदातामध्ये एक हजार ८८१ ले मतदान गरेका थिए ।















सिरहामा पोखरीमा महिलाको शव फेला
सङ्खुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ
नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
प्रतिक्रिया