शनिबार, पुष १२, २०८२

कांग्रेस नेताहरू पौडेल, सिटौला र सिंह केन्द्रीय सदस्यमा मनोनित हुँदै

मेरोन्यूज २०७८ पुष १० गते १०:३७
फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको छ । पार्टीको महाधिवेशनपछि बस्ने पहिलो बैठकले तीन जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने भएको छ ।

बैठकले नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महाविधेशनमा नेता पौडेल र सिटौलाले कुनै पदमा उम्मेदवारी दिएका थिएनन् । पौडेल मौन बसेका थिए भने सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई साथ दिएका थिए ।

यस्तै, सिंहले सभापतिमा उम्मेदवारी दिएका थिए । सभापतिको पहिलो मतदानमा कोही सभापतिमा विजयी नभएपछि दोस्रोपटक उनले सभापतिमा देउवालाई साथ दिएका थिए ।

प्रतिक्रिया