संशोधन गरी एमसीसी पास हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् । माओवादीको स्थायी समिति बैठकमा सम्बोधन गर्दै उनले संशोधन र परिमार्जन गरी एमसीसीमा पारित हुने बताएका हुन् ।
‘बिना परिमार्जन र बिना संशोधन, यो एमसीसी पारित हुँदैन, यसका लागि हामी सबै दलहरू, बुद्धिजिवी र पत्रकारसँग छलफल गरी साझा धारणा बुझ्ने छौँ,’ सम्बोधनमा प्रचण्डले भने, ‘अमेरिकाको दबाब र प्रभावमा हामी पर्नु हुँदैन, यसबारे नेपाल र अमेरिकाबीच स्पष्ट हुन आवश्यक छ, अनि एमसीसी पारित हुन्छ ।’
उनले एमसीसीबाट नेपालमा आएको अनुदान फिर्ता नहोस् भन्ने चाहेको बताए । ‘विदेशबाट आएको रकम फिर्ता होस् भन्ने हाम्रो चाहना होइन, देश विकासका लागि हामीलाई रकम चाहिएको छ,’ उनले भने, ‘तर, यसभित्रको बीचमा केपी शर्मा ओली र अर्थ मन्त्रालयबाट जेजस्ता काम भए, नेपाली जनमानसमा जुन प्रकारकाे गम्भीर खालको आशंका उत्पन्न भएको छ, त्यो क्लियर नगरी गए नेपाल र अमेरिकालाई फाइदा हुँदैन, त्यसैले यसबारे अनुसन्धान गर्न बनेको कार्यदलले सकारात्मक सन्देश ल्याउला ।’
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया