सोमबार, मंसिर २९, २०८२

संशोधन गरी एमसीसी पास हुन्छ : प्रचण्ड

मेरोन्यूज २०७८ पुष १० गते १३:०९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् । माओवादीको स्थायी समिति बैठकमा सम्बोधन गर्दै उनले संशोधन र परिमार्जन गरी एमसीसीमा पारित हुने बताएका हुन् ।

‘बिना परिमार्जन र बिना संशोधन, यो एमसीसी पारित हुँदैन, यसका लागि हामी सबै दलहरू, बुद्धिजिवी र पत्रकारसँग छलफल गरी साझा धारणा बुझ्ने छौँ,’ सम्बोधनमा प्रचण्डले भने, ‘अमेरिकाको दबाब र प्रभावमा हामी पर्नु हुँदैन, यसबारे नेपाल र अमेरिकाबीच स्पष्ट हुन आवश्यक छ, अनि एमसीसी पारित हुन्छ ।’

उनले एमसीसीबाट नेपालमा आएको अनुदान फिर्ता नहोस् भन्ने चाहेको बताए । ‘विदेशबाट आएको रकम फिर्ता होस् भन्ने हाम्रो चाहना होइन, देश विकासका लागि हामीलाई रकम चाहिएको छ,’ उनले भने, ‘तर, यसभित्रको बीचमा केपी शर्मा ‌ओली र अर्थ मन्त्रालयबाट जेजस्ता काम भए, नेपाली जनमानसमा जुन प्रकारकाे गम्भीर खालको आशंका उत्पन्न भएको छ, त्यो क्लियर नगरी गए नेपाल र अमेरिकालाई फाइदा हुँदैन, त्यसैले यसबारे अनुसन्धान गर्न बनेको कार्यदलले सकारात्मक सन्देश ल्याउला ।’

प्रतिक्रिया