मंगलबार, पुष १, २०८२

कांग्रेस नयाँ समितिको पहिलो बैठकमा चार निर्णय

पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्प

मेरोन्यूज २०७८ पुष १० गते १५:१४

काठमाडौं । नेपाली कांग्रेस नयाँ कार्य समितिको पहिलो बैठकले चार वटा निर्णय गरेको छ ।

गर्दै नेपाली काँग्रेसको निर्वाचित केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न भएकोछ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका ४ वटा निर्णय गरेको हो ।

बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्न राजनीतिक दलका नेताहरु, महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रीय निर्वाचन समिति, सञ्चार माध्यामसहितलाई धन्यवाद दिने निर्णय गरेको छ ।

त्यसैगरी राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली काँग्रेसका उम्मेदवारहरुको लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।

यस्तै, दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरिएको छ ।

गत मंसीर २४ देखि २८ गतेसम्म सम्पन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनले सभापति देउवासहित १३४ जनाको केन्द्रिय समिति निर्वाचित गरेको छ ।

निर्वाचित केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुले शनिवार नै निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन ।

प्रतिक्रिया