कांग्रेस नयाँ समितिको पहिलो बैठकमा चार निर्णय
पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्प

काठमाडौं । नेपाली कांग्रेस नयाँ कार्य समितिको पहिलो बैठकले चार वटा निर्णय गरेको छ ।
गर्दै नेपाली काँग्रेसको निर्वाचित केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न भएकोछ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका ४ वटा निर्णय गरेको हो ।
बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्न राजनीतिक दलका नेताहरु, महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रीय निर्वाचन समिति, सञ्चार माध्यामसहितलाई धन्यवाद दिने निर्णय गरेको छ ।
त्यसैगरी राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली काँग्रेसका उम्मेदवारहरुको लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।
यस्तै, दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरिएको छ ।
गत मंसीर २४ देखि २८ गतेसम्म सम्पन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनले सभापति देउवासहित १३४ जनाको केन्द्रिय समिति निर्वाचित गरेको छ ।
निर्वाचित केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुले शनिवार नै निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया