संसद अवरोध कहिलेसम्म ? ओली भन्छन् : चुनावसम्मै

बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको अवरोध चुनावसम्मै कायमै रहने बताएका छन् । एमालेले निरन्तर संसद अवरोध गरिरहेको तर्फ पत्रकारहरुले ओलीसँग सोधेको प्रश्नमा उनले चुनावसम्मै संसद अवरोध कायम रहने बताएका हुन् ।
शनिबार विराटनगरमा पुगेका ओलीले पत्रकारहरूसँग त्यस्तो बताएका हुन् । आफूहरूले पार्टीबाट निष्कासन गरेका मान्छेहरूलाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि आफूहरू सहभागी नहुने ओलीले प्रष्ट पारेका छन् ।
संसद अवरोध कहिलेसम्म ? पत्रकारको प्रश्नमा ओलीले एकशब्दमै जवाफ दिए -चुनावसम्म ।
चुनाव अगाडिसम्म संसद चल्दैन त भन्ने प्रश्नमा ओलीले बलजफती संसद चलाइरहेको बताए । ‘चलिरहेको छ त, हामीले विरोध गरिरहेका छौं, संसद चलिरहेको छ । बलजफ्ती गर्ने बानी परेकाले बलजफ्ती गरिरहेका छन्’ ओलीले भने ।
ओलीले सकभर चाडो निर्वाचन गर्दा राम्रो हुने बताए । अर्ली इलेक्सन भए पनि नभए पनि इलेक्सन हुनुपर्छ, इलेक्सन भएपछि धोपीपाट लगाइन्छ ।’
जसपाबाट निर्वाचित जहदा गाउँपालिका ७ का वडाध्यक्ष भगवानलाल बेसरालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली मोरङ पुगेका हुन् ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया