शनिबार, पुष १२, २०८२

महाधिवेशन उद्घाटनअघि माओवादी केन्द्रीय कार्य समिति बैठक बस्दै

मेरोन्यूज २०७८ पुष ११ गते ९:०३

काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन सुरु हुनुअघि केन्द्रीय कार्य समिति बैठक बस्ने भएको छ । आजै दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन उद्घाटन गर्ने कार्य तालिका रहेको छ ।

काठमाडौँको प्रज्ञा भवनमा सुरु हुने महाधिवेशनमा माओवादीले अन्य पार्टीका नेतृत्वलाई आमन्त्रण नगर्ने भएको छ । महाधिवेशनका लागि देशभरबाट छानिएका १६ सयभन्दा बढी केन्द्रीय प्रतिनिधि काठमाडौँ आइसकेका छन् ।

केन्द्रीय कार्य समिति बैठक बिहान ८ बजे बस्ने कार्य तालिका रहेको छ ।

प्रतिक्रिया