माओको जन्म जयन्तीमा प्रचण्डद्वारा श्रद्धाभाव व्यक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओत्सेतुङको १२९ औँ जन्मजयन्तीको अवसरमा श्रद्धाभाव दिएका छन् । आइतबार एक विज्ञप्ति जारी गरी श्रद्धाभाव व्यक्त गर्दै उनले विश्वभरका श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्तसमेत गरेका थिए ।
चिनियाँ क्रान्तिका नायक एवं सर्वहारा वर्गका नेता माओ माक्र्सवाद–लेनिनवादका सच्चा अनुयायी भएको बताएका छन् । ‘सर्वहारा क्रान्तिको युगमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र भएका मुलूकमा क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले जुन योगदान गर्नुभएको छ, त्यो विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यस अवसरमा प्रचण्डले समाजवादी क्रान्तिको सपना बोकेर बलिदानी गरेका सहिदप्रतिसमेत श्रद्धाञ्जली व्यक्त गरेका छन् । यस्तै, बेपत्ताहरूप्रति उच्च सम्मान व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया