केपी ओलीलाई प्रचण्डले गरे फोन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन् । प्रचण्डले आफ्नो पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा निम्ता गर्न फोन गरेका हुन् ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि दुई नेताबीचको सम्बन्ध जटिल अवस्थामा पुगेको थियो । यसैबीच प्रचण्डले ओलीलाई आफै फोन गरी पार्टीको महाधिवेशनका लागि निम्ता गरेका हुन् ।
एमालेको १० औँ महाधिवेशनमा भने प्रचण्ड सहभागी भएका थिएनन् । त्यसमा प्रचण्डले लिलामणि पोखरेललाई पठाएका थिए । प्रचण्डको फोनपछि ओलीले आफू झापामा भएको भन्दै उपस्थित हुन नसक्ने बताएका थिए ।
माओवादीले यसअघि उद्घाटन सत्रमा कुनै दलका नेतालाई नबोलाउने बताए पनि अन्तिम अवस्थामा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता गरेको हो । माओवादीको महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे हुने भएको छ ।
नेकपा विभाजनपछि दुई नेता पहिलोपटक नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन सत्रमा भेट भएका थिए ।
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया