विद्यालयमा पानी अभाव : शौच गर्न झाडीतिर विद्यार्थी

अछाम । अछामको मंगलसैन नगरपालिका-९ स्थित मंगला नेरा मावि ओलिगाउँमा अध्ययनरत विद्यार्थीले विद्यालयमा पानीको अभावका कारण शौचालय प्रयोगमा समस्या भोग्नु परेको बताएका छन् । नियमित विद्यालयमा आउने विद्यार्थीले पानीको उचित व्यवस्था नहुँदा शौचालय प्रयोग गर्न समस्या भइरहेको बताएका हुन् ।
यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत् यौनिकता शिक्षासम्बन्धी भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी किशोरीले महिनावारी हुँदा विद्यालयबाट प्रदान हुने सेनेटरी प्याडले नियमित विद्यालयमा आउने वातावरण बने पनि शौचालय र पानीको व्यावस्था नहुँदा समस्या हुने गरेको बताएका हुन् ।
‘विद्यालयमा चारवटा धारा र ६ वटा शौचालय छन्, तर न धारामा पानी आउँछ न शौचालय प्रयोगमा छन्,’ कक्षा ११ मा अध्ययनरत सृजना रावलले भनिन् । महिनावारी भएका बेला मात्रै होइन, विद्यालयमा नियमित शौच गर्न पनि समस्या रहेको कक्षा १० मा अध्ययनरत माया भण्डारी बताउँछिन् । ‘विद्यालयमा शौच गर्ने शौचालय छैन, विद्यालय पछाडिपट्टिको झाडीमा जानुपर्छ, खुल्ला शौच गर्दा धेरै गाह्रो हुन्छ,’ उनले भनिन् ।
शौचालय र पानीको अभावले सबैभन्दा धेरै समस्या महिनावारी भएका बेला हुने गरेको झरना परियारले बताइन् । ‘महिनावारी भएको बेलाबेलामा प्याड चेञ्ज गर्नुपर्छ, कतिपटक झाडीमा गएर प्याड चेञ्ज गरेका छौं, जंगल वरपरतिर गाईवस्तु चराउने मान्छे हुन्छन्, धेरै समस्या छ,’ उनले भनिन् ।
विद्यालयमा स्कुल नर्सिङ कार्यक्रम लागू भएदेखि छात्रालाई सहज भएको छ । महिनावरी भएको समयमा पेट दुख्ने, बढी रगत बग्ने, ढाड दुख्ने समस्या भएमा विद्यालयमै औषधिको व्यवस्था र रेस्ट गर्न मिल्ने रुमको व्यावस्था रहेकाले आफूहरूलाई सहज भएको उनीहरूको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक मिनबहादुर भण्डारीले विद्यालयका समस्या व्यस्थापन समितिको बैठकमा उठाउँदै आएको बताए । कल्पना बोहरा/न्युज कारखाना
















१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
ICC T20 World Cup Global Qualifiers: Ireland trounces Thailand
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया