माओवादी महाधिवेशन
माओवादी धारका यी हुन् अहिलेसम्मका पार्टी हाँक्ने नेता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबार देखि काठमाडौंमा शुरु भएको छ । २००६ साल बैशाख १० गते (२२ अप्रिल १९४९)मा भारतको कलकत्तास्थित श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।
त्यसका सस्थापक महासचिव थिए, पुष्पलाल श्रेष्ठ । अन्य सस्थापकमा नरवहादुर कर्माचार्य, नारायणविलाश जोशी, र निरन्जन गोविन्द वैध थिए ।
२०१९ सालको तेस्रो महाधिवेशनसम्म अहिलेका एमाले र माओवादी केन्द्र एउटै कम्युनिष्ट पार्टीमा थिए । त्यसपछि भने यी पार्टीहरुको राजनीतिक वाटो फरक भएको हो । ५५ वर्षपछि २०७५ मा फेरि एउटै कम्युनिष्ट पार्टीभित्र आएका यी दुई धारका कम्युनिष्ट पार्टी फेरि २०७७ पुस २३ पछि पूरानै वाटोमा फर्किएका छन् । पार्टीभित्र एमाले अध्यक्ष रहेका केपी ओलीलाई निक्कै अप्ठयारो परिरहेका वेला सर्वाेच्च अदालतले एमाले र माओवादी वीचको एकता बदर गरिदिएपछि फेरि नेपालका यी दुई ठूला कम्युनिष्ट पार्टी अलग -अलग वाटो हिडेका हुन् ।

अहिले राष्टिय महाधिवेशनमा जुटिरहेको माओवादीको भने पहिलो देखि आठौं महाधिवेशन सम्मको विरासत यस्तो छ :-
पार्टी स्थापना : नेपाल कम्युनिष्ट पार्टी
स्थापना मिति : १० वैशाख २००६, श्यामबजार कलकत्ता , पश्चिम बंगाल भारत ।
सस्थापकहरु महासचिव : पुष्पलाल श्रेष्ठ, सदस्यहरु नरवहादुर कर्माचार्या, नारायणविलाश जोशी र निरञ्जन गोविन्द बैध
पहिलो महाधिवेशन

मिति : २०१० माघ १७
पाटन, काठमाडौंमा प्रथम महाधिवेशन सम्पन्न भयो । भूमिगत रुपमा यो महाधिवेशन सम्पन्न भएको थियो ।
महाधिवेशनले चयन गरेको नेतृत्व यस्तो थियो ।
महासचिव : मनमोहन अधिकारी, पोलिटब्यूरो सदस्यहरु पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, डिपि अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, सदस्यहरु केशरजंग रायमाझी, कमर शाह, कृष्णराज वर्मा, हिक्मत भण्डारी, गोपाल प्रसाई, धनुषचन्द्र गौतम र केदार उपाध्याय
दोस्रो महाधिवेशन

मिति : १५ देखि २५ जेठ २०१४
महासचिव : केशरजंग रायमाझी ।
सदस्यहरु पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, डिपि अधिकारी, कमर शाह, शम्भुराम श्रेष्ठ, हिक्मत सिंह भण्डारी, कृष्णराज वर्मा, मोहनविक्रम सिंह, अरविन्द रिमाल, पी एन राणा, पिवि मल्ल, कमलराज रेग्मी, केदारप्रसाद उपाध्याय, कृष्णलाल श्रेष्ठ, कृष्णप्रसाद शर्मा अधिकारी र मधु …।
तेस्रो महाधिवेशन

मिति १५ वैशाख २०१९ अन्तरजोन समन्वय समितिको आयोजनामा तेस्रो महाधिवेशन सम्पन्न ।
महासचिव तुलसीलाल अमात्य ।
सदस्यहरु पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, हिक्मतसिंह भण्डारी, कृष्णराज वर्मा, मोहन विक्रम सिंह, कमलराज रेग्मी, भरतमोहन अधिकारी, पुष्पप्रताप राणा, निर्मल लामा, भरतराज जोशी, जयगोविन्द शाह, कमल कोइराला ।
यस महाधिवेशनले केशरजंग रायमाझी, शमभुराम श्रेष्ठ, कमर शाह, डिपि अधिकारी, पिवि मल्ललाई पाटीवाट निश्काशन गरेको थियो ।
चौथो महाधिवेशन

३० भदौं, २०३१ श्रीकृष्ण धर्मशाला, बनारस भारतमा सम्पन्न ।
महासचिव : मोहनविक्रम सिंह, पोलिटब्यूरो सदस्य निर्मल लामा, जयगोविन्द शाह, वैकल्पिक पोलिटब्यूरो सदस्य भक्तवहादुर श्रेष्ठ, खम्वासिहं कुंबर, सदस्यहरु मोहन वैध, ऋषि देवकोटा (आजाद), सूर्यनाथ यादव, खुविराम आचार्य, चित्रवहादुर केसी, गंगाधर घिमिरे र भारध्वज ।
त्यसपछि २०३५ मा मोहनविक्रम सिंह हटेर निर्मल लामा महासचिव बनेका थिए ।
२०३६ मा फेरि निर्मल लामाको ठाँउमा भक्तवहादुर श्रेष्ठ महासचिव बनेका थिए । २०४० मा भक्तवहादुर श्रेष्ठ जेलपरेपछि चित्रवहादुर केसी कार्यवाहक महासचिव बनेका थिए ।
पाँचौं महाधिवेशन

मंसिर २०४१ अयोध्या, भारतमा सम्पन्न ।
महामन्त्रीमा मोहन वैद्य ।
सदस्यहरु चित्रवहादुर केसी, रामसिंह श्रीस, भैरव रेग्मी, गोविन्दसिंह थापा, पुष्पकमल दाहाल , खम्वसिंह कुंवर, वाचस्पति देवकोटा, सीपी गजुरेल, देव गुरुङ, इश्वरी दाहाल, विष्णु पोखरेल, भक्तवहादुर श्रेष्ठ (पछि थप गरिएको)
मोहन विक्रम सिंहलाई ६ महिनाका लागि पार्टी सदस्यतावाटै निश्काशनको कारर्वाही गरिएको । ततप्रश्चात २०४२ सालमा पार्टीमा विभाजन । नेकपा (मशाल) सस्थापन पक्षको पार्टी नाम । नेकपा मसाल निश्कासित पक्षको पार्टी नाम ।
सेक्टरकाण्डपछि मोहन वैधले नेतृत्व प्रचण्डलाई हस्तान्तरण गरेका थिए । त्यसपछि प्रचण्ड पार्टीमा उदाएका हुन् -२०४६ साल अगाडी नै । अर्थात आज भन्दा ३४ वर्ष अगाडी नै प्रचण्ड पार्टीको नेतृत्वमा पुगेका थिए ।
छैटौं महाधिवेशन (एकताको महाधिवेशन)

४ मंसिर २०४८ मा महाधिवेशन सम्पन्न भएको थियो ।
नेकपा मशाल, नेकपा चौथो महाधिवेशन, सर्वहारा श्रमिक संगठन, नेपाल कम्युनिष्ट (जनमुखी ) क्षेत्रिय स्तरमा पार्टी एकतापछिको एकता महाधिवेशन । महाधिवेशनले पार्टीको नाम नेकपा (एकताकेन्द्र) राख्ने निर्णय गरेको थियो ।
महामन्त्री : पुष्पकमल दाहाल (निर्मल), सदस्यहरु मोहन वैध, निर्मल लामा, रामवहादुर थापा , नारायणकाजी श्रेष्ठ, पोष्टवहादुर वोगटी, गिरिराजमणि पोखरेल, नारायणप्रसाद शर्मा, दिलवहादुर श्रेष्ठ, देव गुरुङ, बावुराम भटटराई, सीपी गजुरेल, हरिवोल गजुरेल, शशि शेरचन, साध्यवहादुर भण्डारी, रुपलाल विश्वकर्मा, रामवृक्ष यादव, विश्वनाथ साह, मेघराज ज्ञवाली, वाशुदेव गौतम, यानप्रसाद गौतम, राम कार्की, विनवहादुर कुंवर, चित्रवहादुर आले, तारामान स्वाँर, हरिभक्त कँडेल, इश्वरी दाहाल र शक्ति लम्साल ।
यस वीचमा २०५१ मा सम्पन्न विस्तारित बैठकपछि नारायणकाजी श्रेष्ठहरु अलग । नेकपा (माओवादी) नाम गठन । महामन्त्रीमा प्रचण्ड । दीर्घकालिन जनयुद्धको घोषणा ।
त्यसपछि १० वर्षे जनयुद्द गरेको माओवादीले विस्तारित वैठक, २०५७ सालवाट राष्टिय सम्मेलन गदै प्रचण्डलाई अध्यक्षमा चयन । २०६२/६३ को जनआन्दोलन पछि माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण ।
शान्तिपूर्ण राजनीतिमा आएपछि वालाजुमा चौथो विस्तारित वैठक, खरिपाटीमा पाचौं विस्तारित वैठक, त्यसपछि फेरि नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्रसँग पार्टी एकता । पार्टी नाम एकीकृत नेकपा (माओवादी) नामाकरण । प्रचण्ड पार्टी अध्यक्ष । पालुङङार विस्तारित वैठक । एमाओवादीमा विभाजन । मोहन वैधहरुद्दारा २०६९ मा पार्टी विभाजन । त्यसपछि भृकुटीमण्डपमा विस्तारित वैठक ।
सातौं महाधिवेशन

२०६९ साल माघ २०-२६ गते हेटौडामा सम्पन्न ।
अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड) निर्वाचित ।
१५१ सदस्यीय केन्द्रीय कमिटि । महासचिवमा पोष्टवहादुर बोगटी चयन । उत्पादन विग्रेड बनाउने घोषणा ।
त्यसपछि फेरि माओवादीले विराटनगरमा राष्टिय सम्मेलन गरेको थियो । डा वावुराम भटटराई पक्षको वहिष्कार । २०७२ असोज ९ मा वावुराम भटराई नयाँ शक्ति निर्माण गर्ने भन्दै एमाओवादीवाट अलग ।
२०७३ जेठ ६ मा फेरि मोहन वैधसँग गएका रामवहादुर थापा (बादल)लगायत नेताहरु, मात्रिका यादव, मणि थापा सहतिका १० माओवादी घटक वीचको एकता । पार्टी नाम नेकपा (माओवादी केन्द्र) । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) । महासचिव रामवहादुर थापा बादल ।
२०७५ जेठ ३ मा एमालेसँग एकता । प्रचण्ड र केपी ओली पार्टी अध्यक्ष । महासचिवमा विष्णु पौडेल निर्वाचित । ४४१ सदस्यीय केन्द्रीय कमिटि गठन । तर यो एकतालाई २०७७ पुस २३ मा सर्वाेच्च अदालतले वदर गरेर दुवै पार्टीलाई पूरानै अवस्थामा फर्काएपछि फेरि माओवादी केन्द्रमै प्रचण्डहरु फर्किए। तर बादल एमालेमै वसे ।
त्यसपछि माओवादी केन्द्र अहिले पार्टीको आठौं महाधिवेशनमा छ ।
आठौं महाधिवेशन (११ पुस २०७८ देखि काठमाडौंमा )
अध्यक्षमा प्रचण्ड नै दोहोरिने करिव निश्चित । उनलाई चुनौति दिने नेता माओवादीमा देखिएका छैनन । १५ सदस्यीय पदाधिकारी बनाउने तयारी । २९९ सदस्यीय केन्द्रीय कमिटि बन्ने ।











एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
प्रतिक्रिया