माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु भएको छ । ९ वर्ष अगाडी हेटौडामा माओवादीले सातौं महाधिवेशन आयोजना गरेपछि उसले यस वीचमा अनेक उतारचढाव ब्यहोरेर आज देखि काठमाडौंमा पार्टीको आठौं महाधिवेशन आयोजना गर्न लागेको हो ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन भइरहेको महाधिवेशनको उद्घाटन शत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेकपा एककिृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका विभिन्न राजनीतिक दलका नेताहरु शुभकामनाका लागि पुगेका छन् ।
ओलीलाई प्रचण्डले टेलिफोनवाटै निम्ताएपनि उनी भने झापामा रहेका कारण आफु आउन नसक्ने जानकारी दिएका थिए । तयसपछि शंकर पोखरेल महाधिवेशनस्थलमा पुगेका हुन् ।
महाधिवेशनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।
महाधिवेशन ५ दिनसम्म चल्ने नेकपा माओवादी केन्द्रले जनाएको छ ।










प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया