माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु भएको छ । ९ वर्ष अगाडी हेटौडामा माओवादीले सातौं महाधिवेशन आयोजना गरेपछि उसले यस वीचमा अनेक उतारचढाव ब्यहोरेर आज देखि काठमाडौंमा पार्टीको आठौं महाधिवेशन आयोजना गर्न लागेको हो ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन भइरहेको महाधिवेशनको उद्घाटन शत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेकपा एककिृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका विभिन्न राजनीतिक दलका नेताहरु शुभकामनाका लागि पुगेका छन् ।
ओलीलाई प्रचण्डले टेलिफोनवाटै निम्ताएपनि उनी भने झापामा रहेका कारण आफु आउन नसक्ने जानकारी दिएका थिए । तयसपछि शंकर पोखरेल महाधिवेशनस्थलमा पुगेका हुन् ।
महाधिवेशनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।
महाधिवेशन ५ दिनसम्म चल्ने नेकपा माओवादी केन्द्रले जनाएको छ ।








उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित
दिपल एस०५ ले पायो युरो एनक्यापमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया