सिन्धुपाल्चोकका पूर्वसांसद कर्माचार्यले छोडे एमाले
मेरोन्यूज
२०७८ पुष ११ गते १५:५६

काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशनको जिम्मेवारीवाट असन्तुुष्ट बन्दै आएका सिन्धुपाल्चोकका पूर्वसांसद तथा एमाले नेता सुवास कर्माचार्यले पार्टी छोडेका छन् ।
एमालेमा मूल्यांकन पद्धति ठीक नभएको र वैचारिक रुपमा पनि समस्या देखा परेकोले आफुले एमाले छोडने निर्णयमा पुगेका कर्मचार्यले वताएका छन् ।
कर्माचार्यले २०५६ देखि ०६४ सालसम्म एमालेको जिल्ला सचिवको रुपमा सिन्धुपाल्चोकको नेतृत्व गरेका थिए । उनी चारपटक एमालेको तर्फबाट साविक सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका थिए ।
२०५६ सालको आमनिर्वाचनमा कर्माचार्य सांसद निर्वाचित भएका थिए ।
उनी माधव नेपाल निकट रहेपनि नेपालले एमाले छोडदा एमालेमै रहेका थिए । तर १० औं महाधिवेशनमा उनी केन्द्रीय सदस्य वन्न चाहेपनि ओलीले नबनाएपछि असन्तुष्ट थिए ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया