सिन्धुपाल्चोकका पूर्वसांसद कर्माचार्यले छोडे एमाले
मेरोन्यूज
२०७८ पुष ११ गते १५:५६

काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशनको जिम्मेवारीवाट असन्तुुष्ट बन्दै आएका सिन्धुपाल्चोकका पूर्वसांसद तथा एमाले नेता सुवास कर्माचार्यले पार्टी छोडेका छन् ।
एमालेमा मूल्यांकन पद्धति ठीक नभएको र वैचारिक रुपमा पनि समस्या देखा परेकोले आफुले एमाले छोडने निर्णयमा पुगेका कर्मचार्यले वताएका छन् ।
कर्माचार्यले २०५६ देखि ०६४ सालसम्म एमालेको जिल्ला सचिवको रुपमा सिन्धुपाल्चोकको नेतृत्व गरेका थिए । उनी चारपटक एमालेको तर्फबाट साविक सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका थिए ।
२०५६ सालको आमनिर्वाचनमा कर्माचार्य सांसद निर्वाचित भएका थिए ।
उनी माधव नेपाल निकट रहेपनि नेपालले एमाले छोडदा एमालेमै रहेका थिए । तर १० औं महाधिवेशनमा उनी केन्द्रीय सदस्य वन्न चाहेपनि ओलीले नबनाएपछि असन्तुष्ट थिए ।
सम्बन्धित










नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया