उपेन्द्रले माओवादी जनयुद्ध सँगै लडेको सम्झिए

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्धकालमा आफू सँगै लडेको स्मरण गरेका छन् ।
नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उदघाटन समारोहमा बोल्दै उनले माओवादी जनयुद्धको स्मरण गरेका हुन् ।
यादवले माओवादी जनयुद्धमा आफू सँगै लगेको स्मरण गर्दै माओवादी जनयुद्ध र मधेस आन्दोलन नभएको भए अहिलेको परिवर्तन नहुने बताए ।
यादवले नेपालमा ठूलो राजनीतिक परिवर्तनपछि पनि जनताको परिवर्तन हुन नसकेको बताए ।
‘प्रचण्डजी प्रधानमन्त्री हुनुभयो, माधव नेपालजी प्रधानमन्त्री हुनुभयो, अरु पनि कम्युनिस्ट प्रधानमन्त्री हुनभयो,’ यादवले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग अहिले पनि अलपत्र छ, बेपत्ता परिवारले अहिलेसम्म न्याय पाएका छैनन् ।
उनले मुक्तिका सवालहरु कम्युनिस्ट आनदोलनसँग जोडिएर आए पनि ती सवालहरु अलपत्र परेको गुनासो गरे ।
उत्पीडित जातजातीहरुको अधिकार, पहिचान, समावेशिताका लागि सम्बोधन गर्न महाधिवेशनले ठोस दिशा दिनुपर्ने उनको सुझाव थियो ।
संघीयता, समावेशीता, धर्मनिरपेक्षता जस्ता उपलब्धीहरु धरापमा पर्ने हुन् कि भन्ने भन्ने आशंका ब्यक्त गर्दै यादवले राजनीतिक दलहरु कताकता अल्मलिएर जाने हो कि भन्ने पनि आशंका ब्यक्त गरे ।
नेता यादवले गठबन्धन सरकारमा रहेका सबै यो कार्यक्रममा रहेको भन्दै अहिलेको सरकारले विगतका गल्तीहरुलाई औंल्याएर मात्र नभई विगतका गल्तीहरुलाई सच्चाएर अघि बढ्न सुझाव दिए ।











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
झलनाथ पत्निलाई भेट्न पुगे प्रचण्ड र माधव
प्रतिक्रिया