राष्ट्रियता र परराष्ट्र नीतिमा सबै दलहरू एकजुट होऔँ : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले जनताले क्रान्ति मात्र नभएर परिवर्तन पनि खोजेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशमा क्रान्ति पटक पटक भएपनि जनताले अनुभूति गर्ने गरी परिवर्तन नभएको बताएका हुन् । उनले जनतालालाई अनुभूति हुने गरीको परिवर्तन गर्न दलहरू लाग्नुपर्ने बताए ।
‘गिरिजाप्रसाद कोइरालाले पटक पटक भन्नुहुन्थ्यो- एउटै व्यक्तिले तीन तीनवटा आन्दोलनको नेतृत्व गर्नुपर्यो,’ उनले भने, ‘तर, मलाई खल्लो लाग्थ्यो । क्रान्तिका हिसावले ठिक होला । एउटा क्रान्तिले युग परिवर्तन गर्नुपर्ने हो । तर, नेपालमा क्रान्ति भयो । परिवर्तन भएन ।’
नेताहरूबीचको अन्तर कलहलाई आधार बनाएर नेताहरूले नीति र एजेण्डा बनाउँदा जनताप्रति उत्तरदायी बन्न नसकेको बताउँदै उनले सामूहिक प्रयासबाट देशमा व्यवस्था परिवर्तन भएको स्मरण गर्नुपर्ने बताए ।
देश र जनताको माग सम्बोधन गर्न गठन गरिएको नेकपाको एकता जोगाउन नसक्नुमा एकअर्कालाई दोष दिएर उम्किन नमिल्ने भन्दै उनले यसको समीक्षा गर्नुपर्ने बताए ।
राष्ट्रियता, स्वाधिनता, परराष्ट्र नीतिमा सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिएका उनले समाजलाई बदल्ने विषयमा पनि सबै एकबद्ध भएर अघि बढ्नुपर्ने बताए । देशको विकास र समृद्धिका लागि पनि दलहरुबीच साझा एजेण्डा ल्याउनुपर्ने बताएका उनले पार्टी मात्र होइन देशलाई नै बलियो बनाउनुपर्ने धारणा राखे ।
जनताको बीचमा गरिएको वाचा पूरा गर्न नसकेको कुरा जनतालाई भन्न सक्नुपर्ने भन्दै उनले जनतामाझमा जाने एमालेको एजेण्डालाई प्रतिगमनसँग जोडिएकोप्रति आक्रोश व्यक्त गरे ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया