राष्ट्रियता र परराष्ट्र नीतिमा सबै दलहरू एकजुट होऔँ : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले जनताले क्रान्ति मात्र नभएर परिवर्तन पनि खोजेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशमा क्रान्ति पटक पटक भएपनि जनताले अनुभूति गर्ने गरी परिवर्तन नभएको बताएका हुन् । उनले जनतालालाई अनुभूति हुने गरीको परिवर्तन गर्न दलहरू लाग्नुपर्ने बताए ।
‘गिरिजाप्रसाद कोइरालाले पटक पटक भन्नुहुन्थ्यो- एउटै व्यक्तिले तीन तीनवटा आन्दोलनको नेतृत्व गर्नुपर्यो,’ उनले भने, ‘तर, मलाई खल्लो लाग्थ्यो । क्रान्तिका हिसावले ठिक होला । एउटा क्रान्तिले युग परिवर्तन गर्नुपर्ने हो । तर, नेपालमा क्रान्ति भयो । परिवर्तन भएन ।’
नेताहरूबीचको अन्तर कलहलाई आधार बनाएर नेताहरूले नीति र एजेण्डा बनाउँदा जनताप्रति उत्तरदायी बन्न नसकेको बताउँदै उनले सामूहिक प्रयासबाट देशमा व्यवस्था परिवर्तन भएको स्मरण गर्नुपर्ने बताए ।
देश र जनताको माग सम्बोधन गर्न गठन गरिएको नेकपाको एकता जोगाउन नसक्नुमा एकअर्कालाई दोष दिएर उम्किन नमिल्ने भन्दै उनले यसको समीक्षा गर्नुपर्ने बताए ।
राष्ट्रियता, स्वाधिनता, परराष्ट्र नीतिमा सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिएका उनले समाजलाई बदल्ने विषयमा पनि सबै एकबद्ध भएर अघि बढ्नुपर्ने बताए । देशको विकास र समृद्धिका लागि पनि दलहरुबीच साझा एजेण्डा ल्याउनुपर्ने बताएका उनले पार्टी मात्र होइन देशलाई नै बलियो बनाउनुपर्ने धारणा राखे ।
जनताको बीचमा गरिएको वाचा पूरा गर्न नसकेको कुरा जनतालाई भन्न सक्नुपर्ने भन्दै उनले जनतामाझमा जाने एमालेको एजेण्डालाई प्रतिगमनसँग जोडिएकोप्रति आक्रोश व्यक्त गरे ।















सुनसरीबाट दुई सय केजी गाँजा बरामद
Nepal Reaffirms Strong Support for UNIFIL and Safety of Peacekeepers
पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
प्रतिक्रिया