कोभिडका संक्रमित बढन थालेपछि भारतमा रात्रीकालिन कर्फ्यू

काठमाडौं । कोभिड १९ संक्रमणको दर वृद्धि हुन थालेपछि भारतको राजधानी दिल्लीमा आजदेखि रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ। राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लागू हुने भारतीय अधिकारीहरुले जनाएका छन् ।
ओमोक्रन भेरियन्टको त्रासबिच आइतवारमात्रै दिल्लीमा २९० जनामा संक्रमण देखिएको थियो। भारतमा ओमोक्रन भेरियन्टको प्रभाव दिल्लीमा अत्याधिक छ।
संक्रमण रोक्न नै रात्रिकालीन कर्फ्यू लगाउनु परेको अधिकारीहरुले बताएका छन्। अत्यावश्यक सेवाहरु भने यो समयमा प्रभावित हुने छैनन्। बजार, मल र पसलहरु राति ११ बजेसम्ममा बन्द गर्नुपर्नेछ। यस्तै, स्वास्थ्य मापदण्ड पालना गर्न पनि राज्य सरकारले सबैलाई आग्रह गरेको छ। मास्कलाई पनि फेरि अनिवार्य गरिएको छ।
यसअघि उत्तर प्रदेश र हरयाणामा पनि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू घोषणा गरिएको थियो।
भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५३१ जनामा कोभिड १९ संक्रमण देखिँदा ३१५ जनाको मृत्यु भएको छ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया