२ घण्टा १८ मिनेट लगाएर प्रचण्डले पेश गरे प्रतिवेदन
मेरोन्यूज
२०७८ पुष १२ गते १५:१३

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
प्रचण्डले २ घण्टा १८ मिनेट लगाएर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेसँगै विधान मस्यौदा प्रस्तुत हुनेछ । स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।
प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहमा विभाजन गरी छलफल हुने माओवादीले जनाएको छ । आइतबारबाट सुरु भएको माओवादी केन्द्रको महाधिवेशन १५ गतेसम्म चल्नेछ । महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।
सम्बन्धित










राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया