आगामी चुनावमा उप–प्रमुखमा दोहोरिँदैन : केन्द्रीय सदस्य भट्ट

कैलाली । नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य एवम् धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख सुशीला मिश्र भट्टले आगामी निर्वाचनमा धनगढी उपमहानगरपालिकाको उप–प्रमुख पदमा नदोहोरिने बताएकी छन् । काठमाडौंबाट फर्किएपछि धनगढीस्थित आफ्नै निवासमा सोमबार भेटघाट कार्यक्रममा बोल्दै उनले आगामी स्थानीय तहको चुनावमा पुनः उप–प्रमुख पदमा नदोहोरिने घोषणा गरेकी हुन् ।
‘पार्टीले आफूलाई सक्रिय ठानेर जुन जिम्मेवारी दिन्छ त्यस ठाउँमा रहन्छु,’ उनले भनिन्, ‘धनगढी उप–महानगरपालिकाको उप–प्रमुख पदमा दोहोरिँदैन ।’ उनले अहिले नै यो वा त्यो पदका लागि उठ्ने भनेर कुनै सोच नबनाएको बताइन् ।पार्टी भित्र महिलाको सहभागिता र ससक्त भूमिका बनाउनका लागि आफू कटिबद्ध भएर लाग्ने उनको भनाई छ । ‘म प्रदेशको महिलाको तर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएकाले मेरो महिलासँगको जिम्मेवारी पनि थपिएको छ,’ उनले भनिन् । पार्टीलाई सशक्त, लोकप्रिय र सबै जनताको पार्टी बनाउन आफू कटिबद्ध भएर लाग्ने उनको भनाइ छ ।









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया