शनिबार, वैशाख १२, २०८३

आगामी चुनावमा उप–प्रमुखमा दोहोरिँदैन : केन्द्रीय सदस्य भट्ट

मेरोन्यूज २०७८ पुष १२ गते १५:२९

कैलाली । नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य एवम् धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख सुशीला मिश्र भट्टले आगामी निर्वाचनमा धनगढी उपमहानगरपालिकाको उप–प्रमुख पदमा नदोहोरिने बताएकी छन् । काठमाडौंबाट फर्किएपछि धनगढीस्थित आफ्नै निवासमा सोमबार भेटघाट कार्यक्रममा बोल्दै उनले आगामी स्थानीय तहको चुनावमा पुनः उप–प्रमुख पदमा नदोहोरिने घोषणा गरेकी हुन् ।

Advertisement
NiccNicc

‘पार्टीले आफूलाई सक्रिय ठानेर जुन जिम्मेवारी दिन्छ त्यस ठाउँमा रहन्छु,’ उनले भनिन्, ‘धनगढी उप–महानगरपालिकाको उप–प्रमुख पदमा दोहोरिँदैन ।’ उनले अहिले नै यो वा त्यो पदका लागि उठ्ने भनेर कुनै सोच नबनाएको बताइन् ।पार्टी भित्र महिलाको सहभागिता र ससक्त भूमिका बनाउनका लागि आफू कटिबद्ध भएर लाग्ने उनको भनाई छ । ‘म प्रदेशको महिलाको तर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएकाले मेरो महिलासँगको जिम्मेवारी पनि थपिएको छ,’ उनले भनिन् । पार्टीलाई सशक्त, लोकप्रिय र सबै जनताको पार्टी बनाउन आफू कटिबद्ध भएर लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया