भाइ–बहिनी मिलाउन नसक्नु पनि मेरो पराजयको कारण हो ः शेखर कोइराला
मेरोन्यूज
२०७८ पुष १२ गते १८:२६

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै भाइबहिनी मिलाउन नसक्दा आफ्नो पराजय भएको बताएका छन् ।
उनले सभापतिमा हार ब्यहोर्नुमा आफ्नो पनि कमजोरी भएको भन्दै आफ्नै भाइ–बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।
कोइराला सभापति पदमा उठ्ना डा. शशांक कोइराला र सुजाता कोइराला अर्कै समूहमा रहेका थिए । दास्रो चरणको मतदानमासमेत उनीहरुले डा. शेखरलाई असहयोग गरेका थिए ।
१४ औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुगेका कोइरालाले आफ्नो बरियता कार्यकर्ताले नै कायम गरिदिएको स्वीकार गरेका छन् ।
कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको उल्लेख गरे ।
कांग्रेस केन्द्रीय कमिटीको बैठकले कोइरालालाई केन्द्रीय सदस्य मनोनीत गर्दै २० औं नम्बरको वरीयता कायम गरेको छ ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
प्रतिक्रिया