भाइ–बहिनी मिलाउन नसक्नु पनि मेरो पराजयको कारण हो ः शेखर कोइराला
मेरोन्यूज
२०७८ पुष १२ गते १८:२६

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै भाइबहिनी मिलाउन नसक्दा आफ्नो पराजय भएको बताएका छन् ।
उनले सभापतिमा हार ब्यहोर्नुमा आफ्नो पनि कमजोरी भएको भन्दै आफ्नै भाइ–बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।
कोइराला सभापति पदमा उठ्ना डा. शशांक कोइराला र सुजाता कोइराला अर्कै समूहमा रहेका थिए । दास्रो चरणको मतदानमासमेत उनीहरुले डा. शेखरलाई असहयोग गरेका थिए ।
१४ औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुगेका कोइरालाले आफ्नो बरियता कार्यकर्ताले नै कायम गरिदिएको स्वीकार गरेका छन् ।
कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको उल्लेख गरे ।
कांग्रेस केन्द्रीय कमिटीको बैठकले कोइरालालाई केन्द्रीय सदस्य मनोनीत गर्दै २० औं नम्बरको वरीयता कायम गरेको छ ।
सम्बन्धित
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया