बुधबार, वैशाख ३१, २०८२

एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता हुँदै

मेरोन्यूज २०७८ पुष १२ गते २०:२५

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकता हुने भएको छ ।

मंगलबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम गरी पार्टी एकता घोषणा गर्न लागिएको एकीकृत समाजवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

एकीकृत समाजवादीसँग पार्टी एकता गर्न लागेको नेकपा जनवादीको महासचिव डीएस महता छन् भने प्रवक्ता दिनेश थापा छन् ।

गत वर्षको पुसमा स्वास्थ्य तथा शिक्षा निःशुल्क हुनुपर्ने लगायतका ५२ बुँदे माग राखी महतासहितका नेताहरु धर्नामा बसेका थिए ।

पटक पटक पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (जनवादी) का महासचिव डीएस महता, भरत धनाडी, ललन सिंह र किशोर सिंहको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले अपिलसमेत गर्नुपरेको थियो ।

यसअघि संसद विघटनविरुद्ध पनि जनवादी आन्दोलनमा उत्रिएको थियो ।

प्रतिक्रिया