बिहीबार, जेठ १, २०८२

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री झाओबीच भेट

मेरोन्यूज २०७८ पुष १३ गते १३:५२

काठमाडौँ । चीनमा उपचारमा रहेका कारण पार्टीको आठौं महाधिवेशनमा समेत आउन नपाएका माओवादी केन्द्रका प्रभावशाली स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)को स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । स्वास्थ्यमा आएको सुधारसँगै उनले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेतृत्वहरुसँग राजनीतिक भेटघाट शुरु गरेका छन् । त्यही क्रममा उनले चिनियाँ उपमन्त्री चेन झाओ सँग भेटवार्ता गरेका हुन् । पत्नी तथा माओवादी केन्द्रकै नेतृ तथा पूवं सभामुख ओनसरी घर्ती समेत सहभागी भएर उनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देश वीचको सम्वन्ध, दुई कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल गरेको नेता पुनले बताएका छन् ।

चिनियाँ पक्षले नेपालका बाम दलहरु एक भएर अघि बढुन् भन्ने शुभेच्छा व्यक्त गरेको नेता पुनले जानकारी दिए ।

यस्तै, चिकित्सकको सल्लाहपछि अब छिटै नेपाल फर्कने पुनको भनाई थियो । जण्डिस दोहोरिएपछि उनी असोज १३ गते बैंकक लागेका थिए । उनको मंसिर १० गतेयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा अफ सेनसेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया