एनआरएनएको विधान संशोधनका लागि तदर्थ समिति गठनको तयारी

काठमाडौँ । प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्नेमा स्थगित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन गराउन विधान संशोधनका लागि तदर्थ समिति गठन गर्ने तयारी थालिएको छ ।
बारम्बार मिति तोक्दा पनि निर्वाचन हुन नसकेपछि एनआरएनएमा उत्पन्न विवादलाई समाधान गर्न लागि निर्वाचन कमिटीले तदर्थ समिति गठनको गृहकार्य सुरु गरेको जनाएको छ । वर्तमान कार्यसमितिले निर्वाचनमा सहभागी हुने प्रतिनिधिको नामावली निर्वाचन कमिटीलाई उपलब्ध गराउन नसकेपछि एनआरएनएको निर्वाचन पटकपटक स्थगन हुँदै आएको छ । निर्वाचन कमिटी गठन गरिएको लामो समय बितिसक्दा पनि निर्वाचन गराउने वातावरण नबनेपछि एनआरएनएभित्रको विवाद समाधानका लागि तदर्थ समिति गठन गरी समस्याको समाधान खोज्न पर्नेमा जोड दिइएको छ ।
निर्वाचन कमिटीका एक सदस्यका अनुसार विवाद समाधानका लागि तत्काल एक स्वतन्त्र तदर्थ समिति गठन गर्ने तयारी भइरहेको हो । वर्तमान कार्यसमितिको थपिएको छ महिने अवधि पनि सकिन लागेकाले त्यसअगावै निर्वाचन कमिटीले तदर्थ समिति बनाउने र सो समितिले विशेष साधारणसभा बोलाएर अहिले देखिएको विवादित निर्वाचन प्रणालीलाई हटाउँदै सर्वपक्षीय र सरल तरिकाबाट विधान परिमार्जन गरी दिगो समाधान निकाल्न सहज हुने उनको भनाइ छ ।
समितिले बढीमा दुई वर्ष नभए एक वा छ महिनाभित्र विशेष साधारणसभा बोलाएर विधान संशोधन गर्दै एनआरएनएभित्रको विवाद समाधान गरेपछि अहिलेकै निर्वाचन कमिटीलाई पुनः सक्रिय गराएर निर्वाचन गराउनेछ । त्यसका लागि निर्वाचन कमिटीले कानूनविद्सँग सरसल्लाह गरिसकेको जनाइएको छ ।
निर्वाचन कमिटी गठन भएयता पटकपटक बैठक बसिसकेको भए पनि निर्वाचन प्रतिनिधिको नामावली नदिँदा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । एनआरएन एक सामाजिक संस्था भएकाले जर्वजस्ती निर्वाचनमा जानु उचित नहुने भएकाले विशेष साधारणसभा गरी त्यसले मौजुदा विधान संशोधन गरी निर्वाचनमा जाँदा सबैलाई समेट्न र विवाद पनि नआउने उनको भनाइ छ ।
एनआरएनमा विवाद समाधानका लागि भएको पटकपटकको प्रयास असफल भएपछि केही समयअघि अध्यक्ष कुमार पन्तले अर्को एक समिति गठन गरेको भए पनि त्यो समितिले अहिलेसम्म विवाद सुल्झाउन सकेको छैन । एनआरएनमा अहिलेको मुख्य विवाद निर्वाचन प्रणाली भएकाले निर्वाचन प्रणालीलाई सच्याएर सर्वमान्य बनाउन सकेमात्रै संस्थालाई एकढिक्का राख्न सकिने ती सदस्यको तर्क छ ।
















स्कोडा कायलाक नेपालमा सार्वजनिक
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
PM Karki to present Film Bill at NA meeting today
Jeep driver dies, three receive injury in accident
22 days to go for voting: Voter education to run at 6,743 wards
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया