यस्तो छ नेपाल एकीकरणको सफलताबारे प्रचण्डको बुझाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक दस्तावेजमा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानबारे उल्लेख गरेका छन् ।
‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रचण्डले काठमाडौंमा जारी पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपाल एकीकरणसहितको ऐतिहासिक पृष्ठभूमिबारे लेखेका छन् ।
शाहले गरेको नेपाल एकीकरणको ऐतिहासिक पृष्ठभूमिलाई प्रचण्डले उत्पादन प्रणालीसँग जोडेका छन् ।
भौतिकवादी विज्ञानले इतिहासलाई निश्चित देशकालमा विकसित भएको निश्चित उत्पादन प्रणालीसँग जोडेर हेर्न सिकाउने तर्क गर्दै त्यसअनुसार नै नेपालमा रहेका भुरे टाकुरे राज्यहरु उत्पादक शक्तिको विकासमा बाधक बन्दै गएपछि नै एउटै विशाल नेपाल निर्माणको वस्तुगत आधार तयार भएको प्रचण्डले दस्तावेजमा उल्लेख गरेका छन् ।
‘वस्तुतः पृथ्वीनारायण शाहको राज्य विस्तारको अभियान सफलताका पछाडि मुख्य रुपमा यहि वस्तुगत ऐतिहासिक आवश्यकताले काम गरेको छ ।’– प्रचण्डको दस्तावेजमा भनिएको छ ।

















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया