प्रचण्डको दस्तावेज पढेपछि दोस्रो पुस्ताका नेता के भन्छन् ?

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा नयाँ केन्द्रीय कमिटी संविधानले व्यवस्था गरे अनुरुपको समानुपातिक प्रतिनिधित्वको आधारमा बनाउने छलफल भएको छ ।
मंगलवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी क्लष्टरको आधारमा युवा, मुस्लिम, महिला, जनजाति लगायतको प्रतिशत र कमिटी बनाउँदा संविधानमा व्यवस्था गरिए अनुरुप समानुपाति प्रतिनिधित्व हुनेगरी गर्ने र त्यसको निम्ति तयारी गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा स्थायी कमिटी सदस्यहरु र प्रदेश ईन्चार्जहरुले समुहगत छलफल चलिरहेका ग्रुपमा गएर सहजीकरण गर्ने भएका छन् ।
स्थायी कमिटी सदस्य मातृका यादवले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्माआलोचना गरिसकेको भन्दै अन्य नेताहरुले पनि आ–आफ्नो ठाउँबाट आत्माआलोचना गर्नुपर्ने बताए ।
महाधिवेशनबाट निस्किदाँ एक ढिक्का भएर अगाडि बढ्नुपर्ने उनले बताए ।
अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रले लिने आर्थिक नीति देशको आत्मनिर्भरता, वेरोजगारीको अन्त्य गर्ने हुने बताए ।
त्यस्तै, उत्पीडित वर्ग, जाति र समुदायको स्थानीय स्रोत, साधनमाथि स्वामित्व स्थापना गर्दै समृद्धिको अभियान सञ्चालन गर्ने उनले बताए ।
जारी माओवादी केन्द्रको आठौँ महाधिवेशनमा आफ्नो मत लिखित रुपमा राखेका नेता राम कार्कीले नेपाललाई नयाँ विचार चाहिएको बताए । नेपाल विचारमा गरिब भएको उनको भनाई छ । उनले संघीयता सहि अर्थमा लागु हुन नसकेको बताए ।
नेता कार्कीले संघीयताका कारण स्थानीय तहमा अनियमितता बढेको भन्दै स्थानीय तहमा पुगेका बजेट कार्यान्वयनको निगरानी गर्न संयन्त्र बनाउनुपर्ने आफ्नो माग रहेको बताए ।











काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
आज कुन विदेशि मुद्राकाे विनिमयदर कति ?
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया