वैद्य निकट पत्रकारको दाङ अध्यक्षमा गैरे निर्वाचित

दाङ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ दाङको अध्यक्षमा ईश्वरीप्रसाद गैरे निर्वाचित भएका छन् ।
दाङ्को तुल्सीपुरमा मंगलबार सम्पन्न प्रथम जिल्ला भेलाले गैरेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।
जनपक्षीय पत्रकारहरुको साझा सङ्गठन महासङघले संगठन बिस्तार तथा सुदृढ अभियान अन्तरगत भेला भएको हो ।
समितिको उपाध्यक्ष तेजबहादुर बुढाथोकी, सचिव रिता केसी, सहसचिव संगीता मगर र कोषाध्यक्षमा ममता बिक निर्वाचित भएकी छन् ।
समिति सदस्यमा डिला चौधरी, प्रकाश पुन, सरोज न्यौपाने र रामप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय महासचिव रवि पाण्डेयले पत्रकारहरु प्रचारकर्ता संगठनकर्ता र आन्दोलनकर्ता रहेको बताए ।
उनले जनपक्षीय पत्रकारको अब्बल संगठन क्रान्तिकारी महासंघ रहेको दाबी गर्दै श्रमजीवीहरुको सच्चा पहरेदारको रुपमा अगाडि बढेको बताए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज निरज केसी समीरले जिल्लामा ब्याप्त विकृति बिसङगतिविरुद्ध कलम चलाउन आग्रह गरे ।
कार्यक्रममा क्रान्तिकारी युवा लिगका महासचिव दिल बहादुर कठायत, अखिल क्रान्तिकारीका प्रदेश सदस्य मनोज थापालगायतले बोलेका थिए ।
भेला महासङ्घ प्रदेश सदस्य सुशीला आचार्यको अध्यक्षतामा भएको थियो ।











राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया