वैद्य निकट पत्रकारको दाङ अध्यक्षमा गैरे निर्वाचित

दाङ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ दाङको अध्यक्षमा ईश्वरीप्रसाद गैरे निर्वाचित भएका छन् ।
दाङ्को तुल्सीपुरमा मंगलबार सम्पन्न प्रथम जिल्ला भेलाले गैरेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।
जनपक्षीय पत्रकारहरुको साझा सङ्गठन महासङघले संगठन बिस्तार तथा सुदृढ अभियान अन्तरगत भेला भएको हो ।
समितिको उपाध्यक्ष तेजबहादुर बुढाथोकी, सचिव रिता केसी, सहसचिव संगीता मगर र कोषाध्यक्षमा ममता बिक निर्वाचित भएकी छन् ।
समिति सदस्यमा डिला चौधरी, प्रकाश पुन, सरोज न्यौपाने र रामप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय महासचिव रवि पाण्डेयले पत्रकारहरु प्रचारकर्ता संगठनकर्ता र आन्दोलनकर्ता रहेको बताए ।
उनले जनपक्षीय पत्रकारको अब्बल संगठन क्रान्तिकारी महासंघ रहेको दाबी गर्दै श्रमजीवीहरुको सच्चा पहरेदारको रुपमा अगाडि बढेको बताए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज निरज केसी समीरले जिल्लामा ब्याप्त विकृति बिसङगतिविरुद्ध कलम चलाउन आग्रह गरे ।
कार्यक्रममा क्रान्तिकारी युवा लिगका महासचिव दिल बहादुर कठायत, अखिल क्रान्तिकारीका प्रदेश सदस्य मनोज थापालगायतले बोलेका थिए ।
भेला महासङ्घ प्रदेश सदस्य सुशीला आचार्यको अध्यक्षतामा भएको थियो ।
















विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया