मन्त्री आले भन्छन्– संसदीय समितिको निर्देशन हुबहु पालना गर्छु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरुले दिएको निर्देशन आफुले हुवहु पालना गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले समितिले दिएको निर्देशन पालना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले सरकारी स्वामित्वमा रहेको १४८ रोपनी जग्गा तारागाउँ विकास समितिले आफ्नो नाममा पारेको र यसलाई फिर्ता गराउने सम्बन्धमा समितिले पनि निर्देशन दिएको उल्लेख गर्दै सो जग्गा फिर्ता ल्याउने प्रतिवद्धता गरे ।
मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट अभाव भएको बताए । विमानस्थल निर्माणका लागि ८ हजार ५० हेक्टर जमिन विमानस्थलको नाममा आइसकेको भएपनि बजेट अभावका कारण काम सम्पन्न हुने नसकेको उनले बताए ।
त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा रिठ्ठे डाँडाँको कटान प्रक्रिया पनि छिट्टै अगाडी बढाइने उनले बताए ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया