शनिबार, पुष १२, २०८२

चिसो बढेपछि हिमाली जिल्लामा जनजीवन ठप्प

मेरोन्यूज २०७८ पुष १४ गते ७:३२

काठमाडौँ । गए रातिदेखि लगातार परेको वर्षाका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ ।

उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ ।

जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिए । बिहानै घाँस संकलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन् ।

चिसो बढेपछि पठनपाठन प्रभावित बनेको छ । यातायात सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया