माओवादीको १४ समूहको रिपोटिङ भोलि, ११ समूहको सकियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथी समुह नेताहरुले शुरु गरेको रिपोटिङ भोलिसम्म चल्ने भएको छ । आज बुधबार ११ ओटा समुहका समुह नेताहरुले प्रचण्डको दस्तावेजमाथी समुहमा भएको छलफलका आधारमा रिपोटिङ गरेका थिए ।
वाँकी १४ ओटा समुहका नेताहरुले अव भोलिको वन्दशत्रमा रिपोटिङ राख्ने छन् । आज ११ वटा समूहका समुह नेताले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि बन्दशत्र स्थगित गरिएको छ ।
अब बिहीबार विहान ११ बजेदेखि पुन बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउनेछन् ।
वुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश नं। २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं। १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष बन्दशत्रमा पेश गरेको माओवादी प्रवक्ता कृष्णवहादुर महराले जानकारी दिए ।
छलफलका लागि माओवादीले २५ ओटा समुह बनाएको थियो । रिपोटिङ समुह नेताले सकेपछि उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् । त्यसपछि प्रतिवेदन परिमार्जन सहित पारित गरेपछि माओवादीको महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्नेछ । सकभर शुक्रवारसम्म महाधिवेशन सक्ने तयारीमा माओवादी छ ।
















दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया