आइतबार, पुष ६, २०८२

माओवादीको १४ समूहको रिपोटिङ भोलि, ११ समूहको सकियो

मेरोन्यूज २०७८ पुष १४ गते १६:४९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथी समुह नेताहरुले शुरु गरेको रिपोटिङ भोलिसम्म चल्ने भएको छ । आज बुधबार ११ ओटा समुहका समुह नेताहरुले प्रचण्डको दस्तावेजमाथी समुहमा भएको छलफलका आधारमा रिपोटिङ गरेका थिए ।


वाँकी १४ ओटा समुहका नेताहरुले अव भोलिको वन्दशत्रमा रिपोटिङ राख्ने छन् । आज ११ वटा समूहका समुह नेताले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि बन्दशत्र स्थगित गरिएको छ ।

अब बिहीबार विहान ११ बजेदेखि पुन बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउनेछन् ।

वुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश नं। २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं। १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष बन्दशत्रमा पेश गरेको माओवादी प्रवक्ता कृष्णवहादुर महराले जानकारी दिए ।

छलफलका लागि माओवादीले २५ ओटा समुह बनाएको थियो । रिपोटिङ समुह नेताले सकेपछि उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् । त्यसपछि प्रतिवेदन परिमार्जन सहित पारित गरेपछि माओवादीको महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्नेछ । सकभर शुक्रवारसम्म महाधिवेशन सक्ने तयारीमा माओवादी छ ।

प्रतिक्रिया