यी हुन् जाडोमा दम बढ्नुका मुख्य कारण,कसरी बच्ने ? (टिप्ससहित)

काठमाडौं । जाडो महिनामा चिसो हावाका कारणले गर्दा पनि दम बढी देखिन् सक्छ । जाडोमा चिसो हावा लाग्ने हुदाँ यसले दमका विरामीहरुलाई छिटो असर गर्ने हुन्छ । जसले स्वास फेर्ने नलीको आकारलाई साघुरो बनाउने गर्छ । जसका कारण दम देखिने हुन्छ । धुम्रपान गर्ने मानिसहरुले अन्य समयको तुलनामा जाडोमा बढी धुम्रपान गर्दा त्यसले पनि दम बढाउँने गरेको देखिन्छ ।
जाडोमा लामो समयसम्म घरभित्र बस्ने, जसमा भेन्टिलेसन समेत बन्द गरेर बस्दा कोरोना संक्रमण एकबाट अर्कामा सर्ने हुन्छ । जाडोमा वायु प्रदुषणको मात्रा समेत बढेको हुन्छ । चिसो हावा जमिनको नजिकै हुन्छ । जसले अझ असर गर्ने हुन्छ ।
कतिपयलाई जाडो महिनामा मात्र दम देखिने समस्या देखिन्छ । जाडोमा विभिन्न छातीसम्बन्धी प्रकोपहरुले भाईरल इन्फेक्सन (ईन्फुएन्र्जा),रुघाखोकीको प्रकोप, अन्य संक्रमणको संम्भावनाको जोखिम बढी हुन्छ । जाडोमा विभिन्न प्रकारका धूवा निस्कने हिटरहरू कोइला बाल्ने र कमल बाल्ने जुन चलन छ । यसले गर्दा दम देखिएका विरामीहरु सामान्य मानिसमा पनि दम देखिन सक्छ ।
धुवा ननिस्कने ईलेक्ट्रोनिक हिटरहरु र ग्यास हिटरहरुले खासै असर गदैन् । लामो समयदेखि हिटरको अगाडी बसेका मानिसहरूमा नाक सुख्खा हुने समस्या, कोही कोहीमा खोकी बढ्ने समस्या हुन्छ । ग्यास हिटरहरु लिग भएर विभिन्न प्रकारका दुर्घटना हुने खतरा हुन्छ । त्यस्ता कुरामा ध्यान दिनुपर्छ । तर यस्ता हिटरले स्वासप्रश्वास सम्बन्धी समस्या भने ल्याउँदैन् ।
ईन्हेलरको प्रयोग गरेपनि दम नियन्त्रणमा लिन सकिन्छ । स्वास्थ्य संस्थाको कम पहुँच जिल्लाबाट उपचारका लागि आएका विरामीहरूको दम विग्रेर विभिन्न प्रकारका ईन्हेलरले समेत काम गदैन् । विशेष गरेर स्वास प्रश्वास प्रक्रियामा नै समस्या हुने हुन्छ ।
अक्सिजनको मात्रा कम हुने, अस्पतालको एमर्जेन्सीमा निमोनिया भएर वा स्वासप्रश्वासको गम्भिर समस्या भएर आएका हुन्छन् ।
जाडोमा घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्दछ । फ्रिजमा राखिएका चिसो खानेकुरा पनि खानु हुँदैन ।
कतिपयलाई जाडोमा हाछ्युँ आउने, नाक, घाँटी खसखसाउने समस्या छ भने तपाईंलाई एलर्जी हुनसक्छ । एलर्जी हुने काम वा चिजबाट टाढै रहनु बेश हुन्छ । यस्ता एलर्जी भइहाल्यो भने तुरुन्त उपचार गरेमा दमबाट बच्न सकिन्छ ।
दमबाट बच्न
– झयाल ढोका बन्द गरेर हिटरहरुको प्रयोग नगर्ने ।
– धुम्रपान नगर्ने ।
– न्यायो कपडाको प्रयोग गर्ने
– धुवा आउने मकल र हिटर आदि (सकेसम्म नबाल्ने)
– झोलिलो र स्वस्थ्यकर खानेकुरा खाने ।
– वायुप्रदुषणको मात्रा कम गर्ने ।
– दमका बिरामीले ईन्हेलर औषधीको नियमित प्रयोग गर्ने ।
– गुणस्तरीय मास्कको प्रयोग गर्ने ।
– एलर्जीबाट बच्न भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्ने
(वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. ढुङ्गानासँग मेरोन्युजकी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया