तटबन्धनको माग गर्दै गाउँपालिकामा तालाबन्दी

कैलाली । बझाङको दुर्गाथली गाउँपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
दुर्गाथली गाउँपालिका–२ को दाणिमपाटा र दमाई गाउँका बासिन्दाले सडक कटानपछि गाउँ जोखिममा परेको भन्दै तटबन्धन गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् ।
उनीहरुले गाउँ जोगाउनका तटबन्ध गर्न कसैले चासो नदिएको गुनासो गरेका छन् । गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ सालमा दाणिम पाटा र दमाई गाउँका लागि सडक कटान गर्न ४ लाख बजेट छुट्याएको थियो ।
चाखाका बासिन्दाले जग्गा नदिएपछि चौधारीबाट दाणिमपाटा गाउँमा सडक कटान गरिएको र सडक कटानले गर्दा गाउँ जोखिममा परेको स्थानीयले बताएका छन् ।
पहिरो नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रकम छुट्याए पनि गाउँलेलाई जानकारी नदिई टाठाबाठाले समिति गठन गरी सम्झौता गरेको स्थानीयको आरोप छ ।
स्थानीयले वडा कार्यालयमा ताला लगाएपनि प्रहरी परिचालन गरी काटिएको छ । वडा कार्यालयमा कुनै पनि निवेदन नदिएको र आफूलाई कुनै जानकारीविना नै ताला लगाएकाले ताला काट्नुपरेको वडाध्यक्ष दीपक सोतीले बताए ।
दाणिमपाटा र दमाई गाउँमा कुनै जोखिम नरहेको र प्रदेश सरकारले छुट्याएको बजेटबाट दमाई गाउँ तटबन्धन कार्य सुचारु हुने क्रममा रहेको समेत उनको भनाइ छ।
















दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया