तटबन्धनको माग गर्दै गाउँपालिकामा तालाबन्दी

कैलाली । बझाङको दुर्गाथली गाउँपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
दुर्गाथली गाउँपालिका–२ को दाणिमपाटा र दमाई गाउँका बासिन्दाले सडक कटानपछि गाउँ जोखिममा परेको भन्दै तटबन्धन गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् ।
उनीहरुले गाउँ जोगाउनका तटबन्ध गर्न कसैले चासो नदिएको गुनासो गरेका छन् । गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ सालमा दाणिम पाटा र दमाई गाउँका लागि सडक कटान गर्न ४ लाख बजेट छुट्याएको थियो ।
चाखाका बासिन्दाले जग्गा नदिएपछि चौधारीबाट दाणिमपाटा गाउँमा सडक कटान गरिएको र सडक कटानले गर्दा गाउँ जोखिममा परेको स्थानीयले बताएका छन् ।
पहिरो नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रकम छुट्याए पनि गाउँलेलाई जानकारी नदिई टाठाबाठाले समिति गठन गरी सम्झौता गरेको स्थानीयको आरोप छ ।
स्थानीयले वडा कार्यालयमा ताला लगाएपनि प्रहरी परिचालन गरी काटिएको छ । वडा कार्यालयमा कुनै पनि निवेदन नदिएको र आफूलाई कुनै जानकारीविना नै ताला लगाएकाले ताला काट्नुपरेको वडाध्यक्ष दीपक सोतीले बताए ।
दाणिमपाटा र दमाई गाउँमा कुनै जोखिम नरहेको र प्रदेश सरकारले छुट्याएको बजेटबाट दमाई गाउँ तटबन्धन कार्य सुचारु हुने क्रममा रहेको समेत उनको भनाइ छ।










एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया