बिहीबार, जेठ १, २०८२

हिउँको खुशीयालीः कतै कविता वाचन, कतै टिकटक

मेरोन्यूज २०७८ पुष १४ गते २०:५५

काठमाडौं । हाँस्यकलाकार श्रीकृष्ण सिंखडा बुधबार विहानै चन्द्रगिरी डाँडा उक्लिए । मंगलबार रातीदेखि परेको वर्षासँगै चन्द्रागिरीसहित देशका अधिकांश उच्च पहाडी क्षेत्रमा हिमपात भयो ।

हिमपात भएको खबर सुनेर सिंखडाजस्तै काठमाडौंका सैंयौं युवायुवतिहरु चन्द्रगिरी डाँडा उक्लिए ।

बुधबार विहान काठमाडौंसहित देशका अधिकांश ठाउँमा पानी परिरहेको थियो । पानी परिरहँदा पनि त्यसको प्रवाह नगरी हिउँमा खेल्न भन्दै चन्द्रगिरीमा निस्किएको भिडले निकै रमाइलो थियो ।


हिउँ परेपछि चन्द्रागिरी पुगेकाहरु कोही हिउँमा रमाउन थाले, कोही टिकटक अनि कोही कविता वाचनतिर ।

हाँस्यकवि सिंखडाले हिउँ परिरहँदा कविता वाचन गरे । हिउँमा डुब्दै गर्दा उनले बाचन गरेको कविता थियो, ‘टाउको नभएको मान्छे’ ।

सहर भरी ,गाउँ भरी
हिजो एउटा मान्छे भेटे
तेस्को पनि टाउको छैन
भेट्छु नेता
उस्को पनि टाउको छैन
भेट्छु डाक्टर
उस्को टाउको छैन
भेट्छु मास्टर
उस्को पनि टाउको छैन
लेखक भेट्छु
उस्को पनि टाउको छैन
बिश्लेशक भेट्छु
उस्को पनि टाउको छैन
पत्रकार भेट्छु
उस्को पनि टाउको छैन
इन्जिनियर भेट्छु
उस्को पनि टाउको छैन
प्रशासक भेट्छु
उस्को पनि टाउको छैन
न्यायाधीश भेट्छु
उस्को पनि टाउको छैन
ओकिल भेट्छु
उस्को पनि टाउको छैन
पुलिस अधिकारी भेट्छु
उस्को पनि टाउको छैन
बुद्ध जन्मेको देश मा
ज्ञान फैलेर बिश्व भर
गोतम बुद्ध को देशमा
टाउको नभएको मान्छे हुनु
बिश्व आस्चर्य
बल्ल थाहा पाए
बिश्व मा एउटा आस्चर्य को देश
टाउको नभएका
मान्छे हरुकको देश
गज्जब छ मेरो देश ।


सिंखडाले हिउँमा डुबेर ब्यङ्गात्मक कविता वाचन गरेर सामाजिक सञ्जालमा पोष्टिए । उनले चन्द्रगिरीमा पुगेर निकै रमाइलो महशुस गरेको सुनाए ।

चन्द्रगिरीमा हिउँमा रमाउन जानेहरुको भिड काठमाडौंको ब्यस्त बजारको भिड भन्दा कम थिएन ।

युवायुवति, बालबालिकाहरु हिउँमा रमाइरहेको दृष्य निकै चाखलाग्दो थियो ।



बुधबार विहान काठमाडौंको चन्द्रागिरी डाँडा मात्र होइन, दोलखाको कालिञ्चोक, गोरखाको लाप्राक, हुम्ला, जुम्ला मुगुका उच्च हिमाली क्षेत्रहरुमा हिमपात भयो ।



हिउँले विभिन्न ठाउँमा सडकदेखि हवाइ उडानसमेत प्रभावित भयो ।

मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । विहीबारदेखि भने मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया