जनआन्दोलनले भत्काएको शालिक ठडियो

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्वर्गीय राजा बीरेन्द्र शालिक रहेको थियो । बीरेन्द्रको शालिक भएकै कारण सो ठाउँको नाम बीरेन्द्रचोक रह्यो ।
०६२÷६३ को जनआन्दोलनका क्रममा बीरेन्द्रको शालिक भत्कायो । जनआन्दोनलको १५ वर्षपछि सोही ठाउँमा बुधबार पूर्वराजा वीरेन्द्रकै शालिक ठड्याइएको छ ।
स्व. राजा वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसर पारेर शालिक राखिएको छ । लामो समयको रस्साकस्सीपछि राजावादीहरुको स्वतन्त्र नागरिक समूहले सोही ठाउँमा बीरेन्द्रको शालिक ठड्याएको छ ।
यो समूहको अगुवाइ गोरक्ष पिठाधीस योगी बलभद्रले गरेका थिए । राजतन्त्रविरूद्ध भएको २०६२–६३ सालको जनआन्दोलनका क्रममा देशका अधिकांश ठाउँमा राजाका शालिकहरु हटाइएका थिए ।
०६२÷६३ को जनआन्दोलनका क्रममा शालिकसहित पार्क भत्काइएको थियो । उक्त पार्क २०७६ भदौमा पुनर्निर्माण गरिएको थियो । पार्क पुनर्निर्माण गरिए पनि शालिक भने राखिएको थिएन । यसअघि शालिक राख्ने विषयमा हस्ताक्षर संकलन गर्ने काम समेत भएको थियो ।
सो समूहले शालिक राखेसँगै वीरेन्द्रचोक वरपर दीप प्रज्वलन गरी वीरेन्द्रको जन्मजयन्तीसमेत मनाएका छन् ।
त्यस ठाउँमा वीरेन्द्रको महत्व रहेको स्थानीयको भनाइ छ ।
तत्कालीन राजा वीरेन्द्रले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई सुर्खेत ल्याएर उपत्यकाको गुरूयोजना बनाउन लगाएका थिए । २०४४ सालमा पहिलोपटक वीरेन्द्रको शालिक राखेर वीरेन्द्रचोक निर्माण गरिएको थियो । सोही वर्ष वीरेन्द्र दम्पती सुर्खेत आएर शालिकको अनावरण गरेका थिए ।










निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति ?
रास्वपा केन्द्रीय समिति बैठक जारी, रवि पनि उपस्थित
सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया