आइतबार, पुष १३, २०८२

मनाङमा भेँडीगोठ गएका एक जना सम्पर्कविहीन

मेरोन्यूज २०७८ पुष १५ गते १०:३७

काठमाडौँ । मनाङमा एक जना सम्पर्कविहीन भएका छन् । गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका ४ वडार गाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काका अनुसार गुरुङसँगै तीन जना गाउँमाथिको लुम्रुचोकस्थित भेँडीगोठ गएका थिए । बुधबार बिहान गोठ गएका उनीहरु फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जंगलबाट गुरुङ बेपत्ता भएका हुन् ।

डिएसपी खड्काका अनुसार गुरुङसँग रहेका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । मनाङमा सोमबारदेखि निरन्तर हिमपात भएकाले घर फर्किने हिमपहिरोमा परेको प्रहरीको अनुमान छ ।

बेपत्ता गुरुङको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया