मनाङमा भेँडीगोठ गएका एक जना सम्पर्कविहीन
मेरोन्यूज
२०७८ पुष १५ गते १०:३७

काठमाडौँ । मनाङमा एक जना सम्पर्कविहीन भएका छन् । गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका ४ वडार गाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कविहीन भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काका अनुसार गुरुङसँगै तीन जना गाउँमाथिको लुम्रुचोकस्थित भेँडीगोठ गएका थिए । बुधबार बिहान गोठ गएका उनीहरु फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जंगलबाट गुरुङ बेपत्ता भएका हुन् ।
डिएसपी खड्काका अनुसार गुरुङसँग रहेका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । मनाङमा सोमबारदेखि निरन्तर हिमपात भएकाले घर फर्किने हिमपहिरोमा परेको प्रहरीको अनुमान छ ।
बेपत्ता गुरुङको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया