आइतबार, पुष १३, २०८२

गाडीको ठक्करबाट मृत्युपछि राजमार्गमा अवरोध

मेरोन्यूज २०७८ पुष १६ गते ८:५४

दाङ । दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बिहान ४ बजेतिर गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका ६ का सुमन केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर गाडी भागेपछि गाडीको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । ठक्कर दिएर भागेको गाडी समाउन माग गर्दै स्थानीय राजमार्ग बन्द गराएर आन्दोलन गरेका छन् ।

घटनापछि मृतकका आफन्त तथा स्थानीयले दोषिको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

शव राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया