सर्लाहीको बयलवासमा कर्फ्यू जारी
मेरोन्यूज
२०७८ पुष १६ गते ९:०६

सर्लाही । सर्लाहीको बयलवासमा तेस्रो पटक निषेधाज्ञा -कर्फ्यू आदेश) जारी गरिएको छ । प्रदर्शन हुन सक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो ।
सर्लाहीको इश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भएको थियो । मृतकको दाहसंस्कार भइनसकेकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
मृतकको शव परिवारले दाहसंस्कार गरेपछि मात्रै निषेधाज्ञा खोलिने बताइएको छ । विहीबार साँझ साढे ७ बजेदेखि लागू गरिएको निषेधाज्ञा शुक्रबार साँझसम्म जारी गरिएको जिल्ला प्रसासन कार्यालय सर्लाहीले जनाएको छ ।
सम्बन्धित











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया