‘ए’ डिभिजन लिगमा आजदेखि सातौं चरणका खेल सुरु
एपीएफ र आर्मी तथा फ्रेण्ड्स र एनआरटी भिड्दै

काठमाडौं । विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणको सुरुआत हुनेछ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुने पहिलो खेलमा एपीएफ र आर्मी भिड्दै छन् ।
दिउँसो १ बजे सुरु हुने खेलमा एपीएफ जित निकाल्दै रेलिगेशन जोनबाट उम्कन चाहन्छ । आर्मी भने विभागीय प्रतिष्ठाको लडाइँमा दुई विदेशी खेलाडी समावेश गरेको एपीएफलाई हराउदै उपाधि दाबेदारीलाई यथावत राख्न चाहन्छ ।
एपीएफ ६ खेलमा ५ अंक जोडेर ११औँ स्थानमा रहेको छ ।आर्मी ६ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई चुनौती दिनेछ ।
जारी लिगमा पुछारमा रहदै फ्रेन्ड्स रेलिगेशन जोनमा छ । एनआरटीविरुद्ध जित निकाल्दै फ्रेन्ड्स रेलिगेशन क्षेत्रबाट उम्कने दाउमा छ ।
एनआरटीसमेत फ्रेन्ड्सविरुद्ब जित निकाल्दै शीर्ष चारको आफ्नो लक्ष्यलाई कायम राख्न चाहन्छ । दुबै टोलीलाई विदेशी खेलाडीको साथ छ ।
फ्रेन्ड्स ६ खेलमा ३ अंक जोडेर पुछारमा छ । एनआरटी ६ खेलमा ७ अंक जोडेर आठौं स्थानमा छ । जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया