‘ए’ डिभिजन लिगमा आजदेखि सातौं चरणका खेल सुरु
एपीएफ र आर्मी तथा फ्रेण्ड्स र एनआरटी भिड्दै

काठमाडौं । विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणको सुरुआत हुनेछ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुने पहिलो खेलमा एपीएफ र आर्मी भिड्दै छन् ।
दिउँसो १ बजे सुरु हुने खेलमा एपीएफ जित निकाल्दै रेलिगेशन जोनबाट उम्कन चाहन्छ । आर्मी भने विभागीय प्रतिष्ठाको लडाइँमा दुई विदेशी खेलाडी समावेश गरेको एपीएफलाई हराउदै उपाधि दाबेदारीलाई यथावत राख्न चाहन्छ ।
एपीएफ ६ खेलमा ५ अंक जोडेर ११औँ स्थानमा रहेको छ ।आर्मी ६ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई चुनौती दिनेछ ।
जारी लिगमा पुछारमा रहदै फ्रेन्ड्स रेलिगेशन जोनमा छ । एनआरटीविरुद्ध जित निकाल्दै फ्रेन्ड्स रेलिगेशन क्षेत्रबाट उम्कने दाउमा छ ।
एनआरटीसमेत फ्रेन्ड्सविरुद्ब जित निकाल्दै शीर्ष चारको आफ्नो लक्ष्यलाई कायम राख्न चाहन्छ । दुबै टोलीलाई विदेशी खेलाडीको साथ छ ।
फ्रेन्ड्स ६ खेलमा ३ अंक जोडेर पुछारमा छ । एनआरटी ६ खेलमा ७ अंक जोडेर आठौं स्थानमा छ । जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।


















आज रास्वपाको केन्द्रीय समिति बैठक, ९ वटा कार्यसूचीमा छलफल हुने
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया