शीतलहरले सीमभञ्ज्याङमा यातायात अवरुद्ध
मेरोन्यूज
२०७८ पुष १६ गते १०:४२

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने सीमभञ्ज्याङमा बाक्लो शीतलहर परेका कारण यातायात अवरुद्ध भएको छ ।
बिहीबार साँझ हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याइएको भए पनि अढाइ घण्टापछि बाक्लो शीतलहर परेका कारण पुनः यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।
उनका अनुसार दामनबाट सिमभञ्ज्याङको करिब तीन किलोमिटरमा बाक्लो शीतलहर पर्नाले काठमाडौँबाट हेटौँडातर्फ आउने र हेटौँडाबाट जाने दुवैतर्फको यातायात अवरुद्ध भएको हो ।
शुक्रबार विहान तीन घण्टा बढी काठमाडौँबाट आएका विभिन्न सवारी साधन दामनमा र हेटौँडाबाट गएका सवारी अघोरमा रोकिएका थिए ।
यसअघि दुई दिनअघि परेको हिमपातले पनि सो क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ भएको थियो ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया