आइतबार, पुष १३, २०८२

शीतलहरले सीमभञ्ज्याङमा यातायात अवरुद्ध

मेरोन्यूज २०७८ पुष १६ गते १०:४२

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने सीमभञ्ज्याङमा बाक्लो शीतलहर परेका कारण यातायात अवरुद्ध भएको छ ।

बिहीबार साँझ हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याइएको भए पनि अढाइ घण्टापछि बाक्लो शीतलहर परेका कारण पुनः यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।

उनका अनुसार दामनबाट सिमभञ्ज्याङको करिब तीन किलोमिटरमा बाक्लो शीतलहर पर्नाले काठमाडौँबाट हेटौँडातर्फ आउने र हेटौँडाबाट जाने दुवैतर्फको यातायात अवरुद्ध भएको हो ।

शुक्रबार विहान तीन घण्टा बढी काठमाडौँबाट आएका विभिन्न सवारी साधन दामनमा र हेटौँडाबाट गएका सवारी अघोरमा रोकिएका थिए ।

यसअघि दुई दिनअघि परेको हिमपातले पनि सो क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ भएको थियो ।

प्रतिक्रिया