नर्भिकले ल्यायो नयाँ वर्षमा उपचारमा छुट अफर

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसर पारेर आफ्ना हेल्थ प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ ।
अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै खालका हेल्थ प्याकेजहरुको साबिकको शुल्कमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो ।
यस्तो छुट पाउनका लागि विभिन्न अनलाइन तथा अन्य मिडियाहरुमा प्रकाशित नर्भिक इन्टरनेशनल अस्पतालसँग सम्बन्धित सूचनामूलक विज्ञापनको स्क्रीन सट वा प्रमाणको प्रिन्टसहित अस्पतालमा आउनुपर्नेछ ।
नर्भिक इन्टरनेशनल हस्पिटलका सूचनामूलक सामाग्री विज्ञापनको रुपमा विभिन्न अनलाइन न्यूज पोर्टल तथा मिडियाहरुमा प्रकाशित हुने गरेका छन् । त्यसको स्क्रीनसर्टसहित अस्पतालसँग सम्पर्क गरे आफूले लिन चाहेको हेल्थ प्याकेजमा १० प्रतिशत छुट पाइने अस्पतालले जनाएको छ ।
नर्भिकले विशेष अवसरहरुमा विगतदेखि नै यस्ता छुटको प्याकेजहरु ल्याउने गरेको छ । अस्पतालले सामाजिक उत्तरदायीत्वको रुपमा प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क ओपिडी सेवासमेत संचालन गर्दै आएको छ ।
अस्पतालले पुस महिनाभरि मूत्रथैलीको पत्थरीको शल्यक्रिया गर्दा साबिकको शुल्कमा २० प्रतिशत छुट दिने स्किम यसअघि नै सार्वजनिक गरिसकेको छ ।









महिला टी-२० विश्वकप ग्लोबल छनोटको तालिका सार्वजनिक
काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँको तापक्रम आज यस वर्षकै कम
जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया