कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा उम्मेदवारी दिन उपप्राध्यापकबाट राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामाले राजीनामा दिएका छन् । उनले पदबाट राजीनामा दिएको शुक्रबार त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागले पुष्टि गरेको हो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि निर्वाचित भएलगत्तै उनले उपप्राध्यापकबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएका मुख्य कार्याल्य सहायक ईन्द्रकुमारी महर्जनले बताइन् ।
हालै मात्र उनले विद्यावारिधि उपाधि हासिल गरेका हुन् । उनले आगामी २७ पुसमा हुने कांग्रेस सिन्धुपाल्चोकको सभापतिका उम्मेदवारी दिने भएका छन् । लामा पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् । विद्यार्थी राजनीतिबाट शिक्षण पेसामा प्रवेश गरेका लामा फेरि पार्टी राजनीतिमा लागेका छन् ।

















दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया