पोखरेलमाथीको घटना आउने केन्द्रीय समितिले छानविन गर्ने

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलमाथीको संगीन आरोप सहितको घटनाका विषयमा आउने केन्द्रीय समिति बैठकले छाविन गर्ने भएको छ ।
उनलाई आरोपित गरी रिपोटिङ राखेका सत्यनारायण भगतले आत्मआलोचना गरिसकेको र पोखरेलले पनि अध्यक्ष प्रचण्डलाई भावुक पत्र लेखेको र समुह छलफलमा रहेका ३३ जनाले समुह छलफलका विषयमा थप पत्र लेखेको उल्लेख गदै प्रचण्डले आफनो दस्तावेजमाथी जवाफ दिने क्रममा यस विषयमा पनि वैठकमा वेलिविस्तार जानकारी गराएका थिए ।
प्रचण्डले सहीद रामकृक्ष यादव र नेता निर्मल लामा दुवै प्रति पार्टीको आस्था र सम्मान रहेको भन्दै दुवैका नाममा रहेका शालिक, विधालय, कलेजका विषयमा सम्मानपूर्वक ग्रहण गदै त्यही रुपमा स्थापित गरेर लैजानुपर्ने भन्दै त्यस विषयमा आउने केन्द्रीय समितिमा छलफल गरेर एउटा धारणा बनायने जानकारी दिए ।
प्रचण्डले रामवृक्ष यादवको शालिक महोत्तरीको खयरमारा, जनकपुरको वर्मझिया वा अन्यत्र सहीद पार्क निर्माण गरेर भएपनि सममानपूवकर्् स्थापना गरिने भन्दै त्यसमा कोही कसैले पनि अनावश्यक रुपमा नलिन आग्रह गरेका हुन् ।
यधपी उनले यस घटनामा भएको के हो ? प्रतिवेदनमा कसरी पोखरेलमाथी त्यसतो लान्छना सहितको शब्द प्रयोग भयो ? भन्ने विषयमा छानविन आउने केन्द्रीय समितिले गर्ने र त्यससम्वन्धी प्रतिवेदन सम्वन्धित कमिटिमा पठाइने प्रतिवद्दता बैठकमा गरेका थिए ।
यो प्रकरणमा कसैको पनि नियत खराव नदेखिएको र आरोप लगाउनेले पनि आत्मआलोचना गरिसकेको सन्र्दभ उल्लेख गदै यसलाई अव विवादको विषय बनाईराख्नु नपर्ने बताएका हुन् ।
भगतले वन्दशत्रमा विहिवार नै आत्मआलोचनाको पत्र पठाएका थिए । उनको पत्र वन्दशत्रमा कृष्णवहादुर महराले पढेर सुनाईसकेका थिए ।
त्यसपछि स्थायी समितिमा पोखरेलले पनि आफनो राजनीतिक जीवनकालमा यति ठूलो वन्दशत्रको हलमा यो खालको लान्छनासहितको आरोप पहिलो पटक लागेको त्यसले आफुलाई रातभर निन्दा नलागेको, मन वहकिरहेको जस्ता विषय उल्लेख गरेर भावुक पत्र अध्यक्षको नाममा सम्वोधन गरेर पठाएका थिए ।
त्यसपछिको स्थायी समितिले यस विषयमा आरोप लगाउनेले आत्मआलोचना गरिसकेको भन्दै समुहको टिपोटमा कसरी त्यस्तो शब्द पर्न गयो भन्ने आउने केन्द्रीय समितिमा छलफल गरिने प्रचण्डले बताएका हुन् ।
प्रतिक्रिया