कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भातृ संगठनका अध्यक्षहरु विधान विपरित दोहोरो भूमिकामा
सभापति देउवा नै पहिलाको पदमै रहन दबाब दिँदै

काठमाडौं । कांग्रेसको पार्टीको केन्द्रीय सदस्य बनेपछि भातृ संगठनको नेतृत्वमा बस्न नमिल्ने कांग्रेस विधानमै उल्लेख छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेत खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा निवार्चित भए । बस्नेत बिधान अनुसार आफै अध्यक्षबाट हट्नुपर्ने हो । तर उनी कांग्रेसको पार्टीको विधान विपरित सोही पदमा रहेर परिपत्र गरिहेका देखिन्छन् ।
पुस १४ गते राष्ट्रिय मेलमिलाप दिवस (पुस १६)ं आजका लागि उनले दलका केन्द्रीय सदस्यलाई अक्तिरित कार्यक्रम गर्न गराउँन भनेर पत्रचार गरे । केन्द्रीय सदस्य बनेपछि भातृ संगठनको नेतृत्वमा बस्न नमिल्ने कांग्रेस विधानमै उल्लेख छ ।

नेविसंघ अध्यक्ष राजिव ढुंगाना पनि खुलातर्फ कांग्रेस केन्द्रीय सदस्य निवार्चित भए । ढुंगानाले अध्यक्षको जिम्मेवारीबाट स्वतः हट्नुपर्ने हो । तर उनले पनि अहिलेसम्म कुनै राजिनामा दिएका छैनन् ।
नेपाली कांग्रेसको भातृ संगठनको नेतृत्व गरिरहेकाहरू अधिकांश सभापति शेरबहादुर देउवानिकट रहेका छन् । सभापति देउवाले तरुण दल र नेविसंघका नेताहरुलाई पहिलाको पदमै रहन दबाब दिएको एक भातृ संस्थाका पुर्व अध्यक्षले बताए । ति पुर्व अध्यक्षका अनुसार लामो समयसम्म भातृ संगठनको अधिवेशन नहुँदा एउटै व्यक्ति दोहोरो भुमिका देखिएको पाइन्छ । तर यो विधानभन्दा बाहिर हो ।
कांग्रेस विधानमा भातृ संस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए निजको भातृ संस्थाको पद स्वतः रिक्त हुने विधानको दफा ४२ को २ (ङ) मा व्यवस्था छ ।
यता, कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य भए । उनले युनियनको महासचिवबाट भने आफैँ हटे । उनले युनियनको महासचिव पद त्याग गर्दै गत बुधबार उपमहासचिव भीष्मराज ओझालाई माइन्युट हस्तान्तरण गरेका थिए । ओझालाई कामु महासचिव युनियनले तोकेको छ ।
भातृ संस्थाको म्याद सकिन मात्र एक महिना बाँकी
पछिल्लो पटक थप गरिएका भातृ संस्थाको म्याद सकिन मात्र एक महिना बाँकी छ । तर कांग्रेसले अधिकांश भातृ संस्थाले महाधिवेशन गर्न कुनै समिति नै बनाउन सकेका छैनन् ।
नेविसंघ सभापति जितेका नैनसिंह महर कांग्रेस केन्द्रीय सदस्य भइसकेका छन् । महरले राजीनामा दिएपछि राजिव ढुंगानालाई सभापति देउवाले मनोनित गरेर सभापति बनाएका थिए । ढुंगाना पनि १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निवार्चित भइसकेका छन् । नेविसंघमा लामो समयसम्म महाधिवेशन नहुँदा संघका नेता पार्टी राजनीतिमा आउँन थालेका छन् ।
यता, नेपाल तरुण दलमा बस्नेतसहित जम्मा चार जना मात्रै थिए । दलका महामन्त्री भूपेन्द्रजंग शाही कर्णाली प्रदेश सभापति उम्मेदवार थिए । तर उनी पराजित भए । कांग्रेस विधान अनुसार तरुण दल र नेविसंघको स्वत अध्यक्ष र रिक्क्त रहेको छ ।
कांग्रेसका भातृ संस्था तरूण दल, नेविसंघ, नेपाल प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको म्याद गत साउन ३१ मा ६ महिना थप गरिएको थियो । एउटै व्यक्ति दोहोरो पदमा रहने । तर कांग्रेसले भातृ संगठन र सुभेक्षुक संस्थाको अधिवेशन गराउँन खासै चाँसो देखाएको देखिदैन् ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया