प्रधानमन्त्रीसँग गण्डकी प्रदेशको माग : हाम्रो माग पूरा होस् (भिडियोसहित)

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।
चालू आर्थिक वर्ष २०७८–०७९ को गण्डकी प्रदेश सरकारको बजेटको एजेण्डालाई लिएर प्रधानमन्त्रीसँग भेटघाट गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले जानकारी दिए । उनले विगतको सरकारले धेरै आयोजनाहरु बहुवर्षीय ठेक्कामा लगाएको, कतिपय योजनाहरु प्रक्रियामा राखेको तर श्रोत सुनिश्चित नगरेका कारण आफ्नो सरकारमाथि १६ अर्बभन्दा बढीको दायित्व थपिएकाले प्रधानमन्त्रीसँग भेट गरेको स्पष्ट पारे । मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवासँगको भेटमा प्रदेशको आर्थिक अवस्था र केन्द्रबाट गरेका अपेक्षाहरु लिखित र औपचारिक रुपमा बुझाएको बताए ।
‘गण्डकी प्रदेश सरकारले धेरै समस्यहरुको सामना गर्नु प¥यो, हामीमाथि १६ अर्बभन्दा बढी विगतको सरकारको दायित्व हामीले व्यहोर्नु परेको छ, प्रदेश सरकारको तर्फबाट मेरो आफ्नो नेतृत्वमा हाम्रो अर्थमन्त्री ज्यू, भौतिक मन्त्रीजीसहितको प्रतिनिधि मण्डल आएका छौँ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘सम्माननीय प्रधानमन्त्री जीलाई भेटेर हाम्रो प्रदेशको आर्थिक अवस्था र केन्द्रबाट हामीले गरेका अपेक्षाहरु सबै लिखित रुपमा बुझायौँ, धेरै समस्याहरु समाधान गर्ने उद्देश्यका साथ हामी काठमाडौँ आएका हौँ ।’
मुख्यमन्त्री पोखरेलले आफू नेतृत्वको प्रतिनिधि मण्डलले आज नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलाई भेटेर जग्गा प्राप्तिको कानूनी जटिलताहरुलाई समाधान गरेर अघि बढ्ने कुरामा छलफल भएको बताए । उनले कतिपय ठूला आयोजना वनसँग जोडिएको र वन प्रयोगको अधिकार केन्द्रीय सरकारसँग मात्रै भएकाले त्यसलाई समाधान गर्ने विषयमा वन मन्त्रालयसँग छलफल हुने बताए ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया