एमाले अध्यक्ष ओलीविरुद्धको उजुरी भक्तपुर सिडियो कार्यालयमा दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ ।
‘कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको’ भन्दै उनीविरुद्ध परेको उजुरी दर्ता भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ओलीविरुद्ध प्रशासनमा उजुरी आएको बताइन् ।
संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेको बताउँदै अभिजित अधिकारी र वीरेन्द्र मडैले हुलाकमार्फत् पठाएको उजुरी सोमबार दर्ता भएको हो ।
ओली आफू कोरोना संक्रमित हुँदाहुँदै माघ १२ गते एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर संक्रमण फैलाएको आरोप उनीहरुको छ । उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो ।
विधिको शासनलाई अनुशरण गर्दै संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम ओलीलाई यथाशीघ्र कारबाही गर्न निवेदनमा माग गरिएको छ ।
’यसरी आफू कोरोना संक्रमित भइ जानीजानी सार्वजनिक स्थलमा गइ अन्य व्यक्तिहरुसँग सम्पर्कमा आइ कोरोना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन, २०२० विपरीत कार्य गरेकाले निज ओलीलाई कानुनबमोजिम आवश्यक कारबाही गरीपाएऊँ’ उजुरीमा माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ ६ गतेदेखि कोरोना संक्रमण फैलिन नदिनका लागि एक आदेश जारी गरेको थियो । आदेशमा कोरोनाको लक्षण देखिए पनि ५ दिन क्वारेन्टिनमा बस्न भनिएको छ ।

















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया