अमेरिकी गायिकाले बियर क्यानबाट बनेको ब्रा लगाएपछि…

काठमाडौं । अमेरिकी गायिका केटी पेरी आफ्नो क्रिएटिभ आउटफिट्सले फ्यानलाई आफूतिर आकर्षित गर्न कहिल्यै पछि पर्दिनन् । उनले हालैमात्र लसभेगासमा प्ले रेजिडेन्सीको ओपनिङ नाइटमा यस्तै एक पहिरन लगाइन्, जुन पहिरनले सबैको ध्यान तान्यो ।
केटीले बीयर क्यानबाट बनेको ब्रा लगाएपछि त्यो ब्राले सबैको ध्यान खिचेको थियो । आफ्नो यो वाइल्ड आउटफिटमा केरी निकै ग्ल्यामर देखिएकी थिइन् । निकै प्रयोगात्मक यो पहिरन उनका फ्यानले सामाजिक सञ्जालमा भाइरल नै बनाएका छन् । उनीहरुले गायिकाको लुक्सको पनि प्रशंसा गरेका छन् ।
केटीको जुक जति धमाकेदार थियो, उनको स्टेज प्रस्तुति पनि उत्तिकै सानदार थियो । केटी सिल्भर सिक्वेन मिनी पहिरनमा थिइन् । ब्राको टुप्पोमा दुई बीयर क्यान जडान गरिएको थियो ।
आफ्नो ९० मिनेटको प्रस्तुतिमा केटी म्याजिकल ब्रा क्यानबाट बीयर निकालेर ग्लास भरेकी थिइन् । स्टेजमा केटीको अगाडि एक ठूलो मास्क राखिएको थियो । जुन मास्कसँग उनले गफ गरेकी थिइन् । उनको यो शो निकै रंगीन देखिएको थियो ।
केटीको शोमा एक ठूलो बीयर क्यानको सेट बनाइएको थियो । जसमाथि बसेर केटीले प्रस्तुति दिएकी थिइन् । उनले शोमा मसरुम जस्तो गेटअप पनि बनाएकी थिइन् । मसरुम क्राउन जस्तो क्याप, रेड आउटफिट र रेड बुटले उनी निकै सुन्दर देखिएकी थिइन् । (एजेन्सी)










कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मोटोपनले अस्वस्थ महिला, कसरी बच्ने ?
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया